२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल भारतसँग १० विकेटले पराजित, एसिया कपबाट बाहिरियो



अ+ अ-

काठमाडौँ । भारतसितको पराजयसँगै नेपाल एसिया कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । भारतले नेपाललाई १० विकेटले पराजित गरेको हो ।

श्रीलंकाको पालेकेले क्रिकेट रंगशालामा टस हारेपछि नेपाल ब्याटिङमा उत्रेको थियो । नेपालले ४८ दशमलव दुई ओभरमा सवै विकेट गुमाउँदै दुई सय ३० रन बनायो । दुई सय ३१ रनको विजयी लक्ष्य पछ्याउने क्रममा खेलमा बर्षा बाधक बनेपछि निर्धारित ५० ओभरको खेललाई छोटयाएर २३ ओभरमा झारिएको थियो । भारतले एक सय ४५ रनको नयाँ लक्ष्य प्राप्त गरेको थियो । उक्त लक्ष्य भारतले बिना कुनै विकेट २० दशमलव एक ओभरमा पूरा गर्यो ।

भारतका लागि कप्तान रोहित शर्माले अविजित ७४ रन तथा सुभमन गिलले अविजित ६७ रन बनाए । शर्माले ५९ बल खेल्दै पाँच छक्का र ६ चौका प्रहार गरे । यस्तै गिलले ६२ बल खेल्ने क्रममा एक छक्का र आठ चौका हिर्काए ।

यसअघि नेपालले ४२ दशमलव २ ओभरमा सबैविकेट गुमाउँदै २ सय ३० रनको योगफल बनाएको थियो । नेपालका लागि आसिफ शेखले ५८, सोमपाल कामीले ४८, कुशल भुर्तेलले ३८, दीपेन्द्रसिंह ऐरीले २९ र गुल्सन झाले २३ रन बनाएका थिए ।

बलिङतर्फ भारतका रविन्द्र जडेजा र मोहम्मद सिराजले समान तीन तीन विकेट लिएका थिए भने मोहम्मद सामी, हार्दिक पान्ड्या र शार्दुल ठाकुरले समान एक एक विकेट लिएका थिए ।

नेपाल पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो । नेपाल अंक विहीन हुँदै समूह चरणबाटै बाहिरिएको छ। समूह ए बाट पाकिस्तान शीर्ष स्थानमा तथा भारत दोस्रो स्थानमा रहँदै सुपर फोरमा पुगेका छन् ।