७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका–३ धनेश्वर बस्ने नुवाकोट विदुर नगरपालिका(११ स्थायी वतन भएकी ४१ वर्षीया अम्बिका बुढाथोकीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको २०७८ कात्तिक २३ गतेको फैसलाले १७ लाख ४२ हजार ८ सय ७७ रुपैयाँ जरिवाना र ६ दिन कैद सजाय ठहर भई फरार रहेकी उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले ललितपुर भैसेपाटीबाट फेला पारी पक्राउ गरेको हो । 

उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी पीडितलाई सिद्धार्थ बैंक लिमिटेडको शाखा कार्यालय धनेश्वर काठमाडौंमा रहेको उनको खाताबाट रकम भुक्तान हुनेगरी चेक दिएको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो । 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।