२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षातका कारण जनधन गुमाएकाहरुलाई सरकारले तत्काल राहतको व्यवस्था गर्नुपर्छ: जनार्दन शर्मा



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं सांसद जनार्दन शर्माले रुकुम पश्चिम, जाजरकोट र सल्यानको केही भागमा हावाहुरीसहित ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै तत्काल राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।

उपमहासचिव शर्माले सोमबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उहाँले यही भाद्र १७ गते हावाहुरीसहितको अविरल वर्षाका कारण मृत्यु भएको रुकुममा दुई बालिबालिका र जाजरकोटका एक जनाको मृत्युप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारलाई उचित राहत र क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले त्यसक्रममा त्यहाँ मुख्यबालीको रुपमा रहेको मकैबाली पनि नष्ट भएकाले उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारले ढिलाई गर्न नहुने बताउनु भयो । उपमहासचिव शर्माले पीडितलाई राहत दिने काममा स्थानीय सरकार लागि परेपनि संघीय सरकारले अझै पहल नगरेको गुनासो समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यही भाद्र १७ गते रुकुम पश्चिम चौरहजारी नगरपालिका केन्द्र भई हावाहुरीसहितको वर्षाले ठूलो जनधनको क्षति भएको छ । खहरेखोलामा आएको बाढीले रत्नबहादुर बुढाथोकीका ८ वर्षीय छोरा मनोज र ४ वर्षीया छोरी भावना बुढाथोकीको खहरे खोलाले बगाएर मृत्यु भएको छ । त्यसैगरी जाजरकोटमा चटयाङ परी एक जनाको मृत्यु भएको छ । र, चौरहजारी वडा नम्बर १, २ र ३, ६, १२ ८ लगायतका समग्र पालिकाभरी सल्यानको केही भाग र जाजरकोटको यो हावाहुरीसहितको अविरल वर्षाका कारण त्यहाँको मुख्यबाली मकैबाली हो । मकैबाली पूर्ण रुपले नष्ट भएको छ । र, ठूलो क्षति भएको छ । घरको टिनको छाना उडाएर क्षति भएको छ । उक्त क्षतिबारे आवश्यक राहत र क्षतिपूर्तिका लागि स्थानीय सरकारले पहल गरिराखेको छ । प्रदेश सरकारले पनि आफ्नो ठाउँबाट पहल गर्नेछ । र, विशेष गरेर संघीय सरकारको क्षतिपूर्तिका लागि, राहतका लागि म ध्यानाकर्षण गराउन चाहन्छु ।’

उपमहासचिव शर्माले प्रदेश सरकारले पनि सो घटनाका पीडितलाई तत्काल राहत र क्षतिपूर्तिको आवश्यक व्यवस्था मिलाउने विश्वास व्यक्त गर्नुभयो ।