५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी२० क्रिकेटमा अस्ट्रेलियाद्वारा दक्षिण अफ्रिका पराजित



अ+ अ-

दक्षिण अफ्रिकामा आइतबार सम्पन्न तेस्रो टी२० क्रिकेट प्रतियोगितामा घरेलु टोली दक्षिण अफ्रिका पराजित भएको छ ।

ब्याटिङ र बलिङ दुबैमा प्रभावशाली खेल खेलेको अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई पाँच विकेटले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाएर १९० रनको सम्मानजनक स्कोर खडा गरेको थियो । अफ्रिकाका लागि रीजा हेन्ड्रिक्सले ४२, कप्तान एडेन मारक्रमले ४१, डोनोभान फराइराले ४८ रनको पालि खेलेका थिए ।

जितका लागि १९१ रन पछ्याएको अस्ट्रेलियाले १३ बल बाँकी छँदै लक्ष्य पूरा गरेको थियो । अस्ट्रेलियाका ट्राभिस हेडले ४८ बलमै ९१ रन बनाएर खेल आफ्नो पक्षमा पारेका थिए । उनले ८ चौका र ६ छक्का प्रहार गरेका थिए ।

यसैगरी जस इङलिसले ४२ र मार्कस स्टोइनिसले ३७ रन बनाएका थिए ।

यो जितसँगै अस्ट्रेलियाले अफ्रिका विरुद्धको तीन टी२० शृङ्खला जितेको छ । यसअघिका दुबै खेल अस्ट्रेलियाले जितिसकेको छ । पहिलो खेल १११ रन र दोस्रो खेल ८ विकेटले खेल जितेको थियो ।

अब दुबै टिमबीच पाँच वटा एक दिवसीय खेल हुनेछन् ।