२१ श्रावण २०८३, बिहीबार
,
Latest
उच्च आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपाध्यक्ष डा भट्ट सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न आदेश नेपालसँग श्रम सहकार्य विस्तार गर्न इजरायल इच्छुक छः राजदूत बास जैविकग्यास उत्पादन बढाउन भारतद्वारा २.५ अर्ब डलरको योजना स्वीकृत करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने दिगो रोजगार प्रणाली निर्माणबारे छलफल विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा संलग्न व्यक्ति पक्राउ “राष्ट्रिय सेवा दलसम्बन्धी विधेयकमा षडयन्त्रको गन्ध छ” सांसद मोहम्मद इस्तियाक राई राज्य व्यवस्था समितिमा अनुगमन टोलीको कार्यशैलीलाई लिएर विवादः एमाले नेतृ अर्यालद्वारा नियमापत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

सल्यानमा बस दुर्घटना: ६ जना घाइते, २ को अवस्था गम्भीर



अ+ अ-

काठमाडौँ । सल्यानको बागचौर नगरपालिका–७ मा यात्रु बस दुघंटना हुँदा ६ जना घाइते भएका छन् ।

जिल्लाको बाँफुखोलाबाट दाङको तुलसीपुर जाँदै गरेको रा१ख २५४१ नम्बरको बस चौफारी भन्ने स्थानमा कच्ची सडकको खाल्डोमा परेर आज बिहान करिब साढे ५ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा मानवीय क्षति नभए पनि दुई जनाको अवस्था गम्भीर छ । दुर्घटनास्थलबाट घाइतेहरुलाई उद्धार गरेर अस्पताल पठाइएको छ ।

घटनास्थलमा रहेका वडा नम्बर ७ का वडा अध्यक्ष प्रेमबहादुर डीसीले घाइते ६ जनामध्ये बागचौर नगरपालिका वडा नम्बर ६ की रन्जना चन्द र रामबहादुर वलीको अवस्था गम्भीर रहेको जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेहरु सबैलाई उद्धार गरेर एम्बुलेन्समार्फत् बागचौरमा रहेको पोलिक्लिनिकमा उपचारका लागि लगिएको छ ।