५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

एमाले आफैँ समाप्त भएर जान्छः माधवकुमार नेपाल

एमाले आफैँ समाप्त भएर जान्छः माधवकुमार नेपाल
file
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले) आफैँ समाप्त भएर जाने टिप्पणी गर्नुभएको छ ।

अध्यक्ष नेपालले नेकपा (एस) लाई समाप्त पार्ने घोषणा गरिरहेको एमाले आफैँ सोत्तर भइरहेको र हावा खाईरहेको जिकिर गर्नुभएको हो । पार्टीको चाँगुनारायण नगर कमिटीले शनिवार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले आफ्नो पार्टीले भने हरेक असम्भव कुरालाई सम्भव बनाउँदै अघि बढिरहेको दाबी गर्नुभयो ।

अध्यक्ष नेपालले आफ्नो पार्टीले अन्य पार्टीहरुलाई समेत साथमा लिएर समाजवादको झण्डालाई बुलन्द गर्ने काम गरिरहेको बताउनु भयो । उहाँले पार्टीलाई सशक्त बनाउन आफूहरुले संगठन निर्माणको कामलाई तिब्रता दिएको समेत बताउनु भयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘कसैकसैले हाम्रो पार्टीलाई समाप्त पारिदिने भनेर घोषणा गरिरहेका छन् । समाप्त पार्ने होइन ती व्यक्तिहरु जसले त्यसो भनिरहेका छन्, यो पार्टीको कुनै अर्थ छैन भनेर । उनीहरु आफैँ सोत्तर भइरहेका छन् । हावा खाइरहेका छन् । तपाईहरु देखिरहनुभएको छ—सिंगै देशमा हाम्रो पार्टी आफ्नै गतिविधिका साथ अगाडि बढिरहेको छ ।

संगठन निर्माणको अभियानमा जुटेको छ । र, अरुलाई पनि साथी र सहयोगी बनाउँदै, हातेमालो गर्दै समाजवादी मोर्चा बनाउँदै सारा देशमा समाजवादको झण्डा बुलन्द गर्दै अगाडि बढिरहेको छ । अरुले कल्पना नगरेका कुराहरु, परिकल्पना नगरेका कुराहरु, पार लाग्दैन भन्नेहरु, ती सबैका कुरालाई चुनौति दिँदै असम्भव ठानिएका कामलाई सम्भव तुल्याएका छौं ।’

अध्यक्ष नेपालले पार्टीलाई जनताको बीचमा लैजाने गरी गतिविधिहरुलाई अघि बढाउन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो ।