४ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्व भारतीय क्रिकेटर विक्रम राठौर राजस्थानको ब्याटिङ कोच बने विधायन व्यवस्थापन समितिले दशैँअघि नै दुई विधेयकमाथिको छलफल सक्ने साताभर मनसुनी वायुको प्रभाव, धानलाई असर पर्ने सम्भावना अमेरिकामा संविधान दिवस मनाइयो ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकलाई बिग मार्टमा १० प्रतिशत छुट ‘मुभी लभर्स कम्युनिटी’ले ‘आँखा’को विशेष प्रदर्शन गर्ने महासंघको सक्रियताले अर्थतन्त्रमा आशा जागेको छः अध्यक्ष ढकाल हाम्रो पार्टीलाई बेवास्ता गर्ने प्रवृत्ति निन्दनिय: माधव नेपाल नियन्त्रित मनोद्विपक पदार्थ ट्रामाडोल क्याप्सुल १ लाख ८० हजार ४३० सहित ६ पक्राउ शिक्षाको हब बन्दै पोखरा
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले आफैँ समाप्त भएर जान्छः माधवकुमार नेपाल



file
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले) आफैँ समाप्त भएर जाने टिप्पणी गर्नुभएको छ ।

अध्यक्ष नेपालले नेकपा (एस) लाई समाप्त पार्ने घोषणा गरिरहेको एमाले आफैँ सोत्तर भइरहेको र हावा खाईरहेको जिकिर गर्नुभएको हो । पार्टीको चाँगुनारायण नगर कमिटीले शनिवार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले आफ्नो पार्टीले भने हरेक असम्भव कुरालाई सम्भव बनाउँदै अघि बढिरहेको दाबी गर्नुभयो ।

अध्यक्ष नेपालले आफ्नो पार्टीले अन्य पार्टीहरुलाई समेत साथमा लिएर समाजवादको झण्डालाई बुलन्द गर्ने काम गरिरहेको बताउनु भयो । उहाँले पार्टीलाई सशक्त बनाउन आफूहरुले संगठन निर्माणको कामलाई तिब्रता दिएको समेत बताउनु भयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘कसैकसैले हाम्रो पार्टीलाई समाप्त पारिदिने भनेर घोषणा गरिरहेका छन् । समाप्त पार्ने होइन ती व्यक्तिहरु जसले त्यसो भनिरहेका छन्, यो पार्टीको कुनै अर्थ छैन भनेर । उनीहरु आफैँ सोत्तर भइरहेका छन् । हावा खाइरहेका छन् । तपाईहरु देखिरहनुभएको छ—सिंगै देशमा हाम्रो पार्टी आफ्नै गतिविधिका साथ अगाडि बढिरहेको छ ।

संगठन निर्माणको अभियानमा जुटेको छ । र, अरुलाई पनि साथी र सहयोगी बनाउँदै, हातेमालो गर्दै समाजवादी मोर्चा बनाउँदै सारा देशमा समाजवादको झण्डा बुलन्द गर्दै अगाडि बढिरहेको छ । अरुले कल्पना नगरेका कुराहरु, परिकल्पना नगरेका कुराहरु, पार लाग्दैन भन्नेहरु, ती सबैका कुरालाई चुनौति दिँदै असम्भव ठानिएका कामलाई सम्भव तुल्याएका छौं ।’

अध्यक्ष नेपालले पार्टीलाई जनताको बीचमा लैजाने गरी गतिविधिहरुलाई अघि बढाउन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो ।