५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

पार्टीले गरेका कामको बारेमा जनतालाई बुझाउनेछौँः उपाध्यक्ष भुसाल

पार्टीले गरेका कामको बारेमा जनतालाई बुझाउनेछौँः उपाध्यक्ष भुसाल
अ+ अ-

ललितपुर । नेकपा (माओवादी केन्द्र)को उपाध्यक्ष पम्फा भुसालले ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ तीनमहिने अभियानमा पार्टीको त्याग र बलिदानसहित पार्टीले जनताको पक्षमा गरेका कामबारे जनतालाई बुझाउने बताउनुभएको छ ।

ललितपुर उपमाहानगरपालिका वडा नं २२ बुङ्मतीमा आयोजित माओवादी केन्द्रको ‘जनतासँग माओवादी रुपान्तरण अभियान’ र ‘जनजनमा माओवादी घर–घरमा माओवादी’ उद्घाटन कार्यक्रममा उपाध्यक्ष पम्फा भुसालले यस्तो बताउनुभएको हो ।

अरु समय भोट माग्न र भोट प्राप्त गरेपछि धन्यवाद दिन आएको र अबको तीनमहिने रुपान्तरण अभियानमा जनताको गुनासो र सुझाव सङ्कलन गर्न जनताको घर–घरमा माओवादी पुग्ने उहाँले बताउनुभयो ।

उपाध्यक्ष भुसालले भन्नुभयो, “भदौ १६ गतेदेखि सुरु भएको अभियान मङ्सिर १५ गते सकिएपछि जनताबाट प्राप्त भएका सुझाव र आलोचनालाई समीक्षा गरेर विधान सम्मेलन गर्नेछौँ । विधान सम्मेलनकोे तीन महिनापछि महाधिवेशनद्वारा नीति र विचारमा नयाँ विकास गरेर पार्टीलाई देशको सबैभन्दा अग्रगामी र सबैभन्दा क्रान्तिकारी शक्ति निर्माण गर्नेछौँ ।”

जनता र माओवादीको सम्बन्ध नङ र मासुको जस्तै हुँदा माओवादी बलियो हुने र माओवादी बलियो हुँदा परिवर्तनको एजेन्डा रक्षा हुने भएकाले जनतासँग माओवादी रुपान्तरण अभियान सुरु गरेको उहाँले बताउनुभयो । जनताको नयाँ आलोचना र नयाँ सुझावले माओवादी केन्द्र नयाँ ढङ्गले अगाडि बढ्नेसमेत उहाँले बताउनुभयो ।

सरसफाइबाट सुरु भयो अभियान

जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको माओवादी केन्द्रले सरसफाइ गरेर उद्घाटन गरेको छ । ललितपुर महानगरपालिका–१८ मङ्गरगाउँ चोक र ललितपुर महानगरपालिका–२२ बुङ्मती बसपार्कमा सरसफाइ गरी माओवादी केन्द्रले अभियान सुरु गरेको छ ।

त्यसैगरी वडा नं २ सानेपालगायत ललितपुरका अन्य वडामा पनि आज एकैसाथ सरसफाइसहित अभियानको सुरुआत गरेको छ । जनताको घर–घरमा माओवादीका नेता तथा कार्यकर्ता पुगेर जनताको समस्या, सुझाव र आलोचना सङ्कलन गर्नेछन् । रासस