४ आश्विन २०८१, शुक्रबार
,
Latest
अमेरिकामा संविधान दिवस मनाइयो ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकलाई बिग मार्टमा १० प्रतिशत छुट ‘मुभी लभर्स कम्युनिटी’ले ‘आँखा’को विशेष प्रदर्शन गर्ने महासंघको सक्रियताले अर्थतन्त्रमा आशा जागेको छः अध्यक्ष ढकाल हाम्रो पार्टीलाई बेवास्ता गर्ने प्रवृत्ति निन्दनिय: माधव नेपाल नियन्त्रित मनोद्विपक पदार्थ ट्रामाडोल क्याप्सुल १ लाख ८० हजार ४३० सहित ६ पक्राउ शिक्षाको हब बन्दै पोखरा प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान सहकारी समितिमा रवि लामिछानेले दिएको बयानमा के छ ? (पूर्णपाठ) सहकारी छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजदूत थापाद्वारा महासचिव गुटेर्रेससमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत



अ+ अ-

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले शुक्रबार संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।

संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा आयोजित विशेष समारोहमा राजदूत थापाले आफ्नो ओहोदाको पेश गरेपछि महासचिव गुटेर्रेससँग शिष्टाचार भेट समेत गर्नुभएको संयुक्त राष्ट्र सङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।

सो अवसरमा महासचिव गुटेर्रेसले संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी प्रतिनिधिका रूपमा राजदूत थापालाई बधाई तथा स्वागत गर्दै उहाँको कर्तव्य निर्वाह गर्न र नेपाल–संयुक्त राष्ट्रबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन आवश्यक सहयोग गर्ने आश्वासन दिनुभएको थियो ।

महासचिव गुटेर्रेसले नेपालले संयुक्त राष्ट्रसङ्घमा वर्षौंदेखि खेल्दै आएको भूमिकाको प्रशंसा गर्दै संयुक्त राष्ट्र सङ्घको उद्देश्य प्राप्तिका लागि नेपालले दिएको सहयोग र ऐक्यबद्धताका लागि धन्यवाद व्यक्त गर्नुभएको थियोे । सो अवसरमा राजदूत थापाले महासचिव गुटेर्रेसलाई नेपालको विकास र शान्ति प्रक्रियामा संयुक्त राष्ट्र सङ्घले गरेको सहयोगका लागि धन्यवाद दिँदै संयुक्त राष्ट्रसङ्घलाई नेपालको पूर्ण समर्थन र दृढ प्रतिबद्धता दोहो¥याउनुभएको थियो ।

राजदूत थापाले विश्व शान्ति र सुरक्षा, दिगो विकास, जलवायु न्याय र राष्ट्रसङ्घीय सुधारलगायतका क्षेत्रमा महासचिव गुटेर्रेसको प्रयास र पहलको पनि प्रशंसा गर्नुभयो । शान्ति स्थापना, जलवायु परिवर्तन र दिगो विकासलगायतका विभिन्न क्षेत्रमा नेपालको प्राथमिकतालाई औल्याउँदै राजदूत थापाले संयुक्त राष्ट्र सङ्घसँगको सम्बन्धलाई अझ प्रगाढ र सुदृढ बनाउन नेपाल इच्छुक रहेको बताउनुभएको थियो ।

राजदूत थापा संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी प्रतिनिधिको रूपमा आफ्नो कार्यकालको यात्रा सुरु गर्न ३१ अगस्ट २०२३ मा न्यूयोर्क पुग्नुभएको थियो । रासस