८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग

विद्युत विधेयक छिट्टै संसदमा पेश हुन्छ: ऊर्जामन्त्री बस्नेत

विद्युत विधेयक छिट्टै संसदमा पेश हुन्छ: ऊर्जामन्त्री बस्नेत
file
अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक छिट्टै संसदमा पेश गर्ने बताउनुभएको छ ।

मन्त्री बस्नेतले मन्त्रीपरिषद्ले आवश्यक निर्णय गरिसकेको उल्लेख गर्दै सो विधेयक छिट्टै संसदमा पेश हुने बताउनुभएको हो । उहाँले सञ्चारकर्मीमाझ सो जानकारी गराउनुभएको हो ।

ऊर्जा क्षेत्रको उत्पादन, पूर्वाधार विकास र निर्यात कार्यलाई थप व्यवस्थित बनाउनका लागि सरकारले सो विधेयक संसदमा पेश गर्न लागेको मन्त्री बस्नेतको भनाई थियो । उहाँले सो विधेयक चालु संसद अधिवेशनबाटै पारित गराउन प्रयास गर्ने भन्दै त्यसले विद्युत क्षेत्रको विकासमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री बस्नेतले सो विधेयकलाई चालु संसद अधिवेशनबाटै पारित गराउने गरी सांसदहरुसँग औपचारिक/अनौपचारिक ढंगले सरकारले छलफल गरिरहेको समेत बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पार्लियामेण्टमा हामी दर्ता गर्दैछौं । क्याविनेटले पार्लियामेण्टमा दर्ता गर्ने निर्णय गरिसकेको छ । त्यसकारण छिट्टै अब हामी विद्युत विधेयक संसदमा पेश गर्छौं । यही अधिवेशनबाट नै त्यसलाई अन्तिम रुप दिने हाम्रो प्रयास हुनेछ । त्यस अनुसार हामी पार्लियामेण्टका मेम्बरहरुसँग पनि औपचारिक, अनौपचारिक छलफल गरिरहेका छौं ।

र, हाम्रो के विश्वास छ भने यो विधेयकले ऐनको रुप लिइसकेपछि अब ऊर्जा क्षेत्रको उत्पादन वृद्धि गर्नका लागि, प्रशारण लाइनलाई थप बिस्तार र व्यवस्थित गर्नका लागि, वितरण प्रणालीलाई गुणात्मक बनाउनका लागि, गुणस्तरीय बनाउनका लागि र यसको निर्यातलाई व्यवस्थित गर्नका लागि मद्दत गर्नेछ । र, यस क्षेत्रको विकासका लागि र विस्तारको लागि त्यो निकै महत्वपूर्ण हुनेछ अहिलेको विद्युत विधेयक भन्ने हामीले विश्वास लिएका छौं ।’

त्यस अवसरमा मन्त्री बस्नेतले सरकारले मुलुकको समृद्धि, विद्युतको आन्तरिक खपत र वातावरणीय प्रदुषणलाई न्युनिकरण गर्दै लैजान पनि विद्युतीय सवारी साधनहरुको प्रयोग गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाएको स्पष्ट पार्नुभयो ।