८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

वैदेशिक मुद्रा सञ्चिति २६ प्रतिशतले बढ्यो: प्रधानमन्त्री

वैदेशिक मुद्रा सञ्चिति २६ प्रतिशतले बढ्यो: प्रधानमन्त्री
फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले अर्थतन्त्रमा सुधारको संकेत देखिन थालेको बताउनुभएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद उदय शमशेर राणाले सोधेको प्रश्नको जवाफ दिँदै उहाँले नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको प्रतिवेदनले अर्थतन्त्रको सूचकांकहरू सकारात्मक दिशातिर उन्मुख रहेको देखाएको बताउनुभयो ।

“२०८० साउन मसान्तसम्म शोधानान्तर स्थिति २९० अर्ब ५२ करोडको वचतमा रहेको छ। विदेशी विनिमय सञ्चिति गत वर्ष यही अवधिको तुलनामा २६ प्रतिशतले वृद्धि भई १५३९ अर्ब ३६ करोड रुपैयाँ पुगेको र यसले १० महिनाको वस्तु तथा आयात धान्न पुग्ने अवस्था रहेको छ”, उहाँले भन्नुभयो, “विप्रेषण आयमा २१।२ प्रतिशतले वृद्धि भई १२ खर्ब २० अर्ब ५६ करोड पुगेको छ। वैदेशिक लगानी प्रवर्द्धनमा थ्रेस होल्ड घटाइएको छ ।”

सरकार गठनको यो अवधिमा सुशासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राखी राज्यको सम्पूर्ण शक्ति र सामर्थ्यलाई देश र जनताको हितमा अधिकता परिचालन गरिएको उहाँको भनाइ थियो ।

सरकारको मुख्य जोड संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण र अर्थतन्त्रको पुनरुत्थान र सवलीकरण, सार्वजनिक सेवामा जनताको सहज पहुँच र भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन रहेको उहाँले बताउनुभयो ।

“नागरिकलाई शासकीय प्रणालीप्रतिको भरोसा, सरकारप्रति विश्वास दिलाउँदै सबैतिर आशाको सञ्चार गराउने हाम्रो प्रयास रहँदै आएको छ। विकास निर्माण कार्यलाई गति दिन, शान्ति प्रक्रियालाई यथाशीघ्र तार्किक निष्कर्षमा पुर्‍याउन तथा स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्दै राष्ट्रिय हित प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहँदै आएको छ”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।

काठमाडौं उपत्यकामा पूर्वाधार निर्माण कार्यान्वयन गर्न चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममा रकम विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।

ललितपुर क्षेत्र नम्बर १ लाई जोड्ने, विभिन्न सडकको विस्तार र जग्गाको मुआब्जाका लागि आवश्यक बजेट व्यवस्था गर्न सरकारले ध्यान उहाँको भनाइ थियो । “उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गरी अर्थतन्त्रको पुनरूत्थान तथा उच्च दिगो समावेशी आर्थिक वृद्धि हासिल गर्ने, समष्टिगत आर्थिक स्थायित्व कायम गरी लगानीको वातावरण तयार पार्न सरकार क्रियाशील छ”, प्रधानमन्त्रीले भन्नुभयो ।