२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

झूटो खबर फैलाउनेमाथि कारबाही माग गर्दै गायिका समीक्षाले दिइन् उजुरी



अ+ अ-

काठमाडौं । गायिका समीक्षा अधिकारीले अष्ट्रेलियाको भिसाका बारेमा झुटो खबर फैलाएको भन्दै उजुरी दिएकी छिन् ।

समीक्षाले आइतबार जिल्ला प्रहरी कार्यालय कास्की पुगेर आफ्नो विषयमा नराम्रो कुरा लेखी समाचार सम्प्रेषण गर्नेहरुको खोजतलास गरी कारबाहीको माग गर्दै निवेदन दिएको सामाजिक संञ्जालमा उल्लेख गरेकी छिन् ।

उनले सामाजिक संञ्जालमा लेखेकी छिन् –

केही कागजपत्र मिलाउनुपर्ने भएका कारण अष्ट्रेलियाको भिसामा भएको ढिलाईको बिषयलाई लिएर सामाजिक सञ्जालमा मलाई अष्ट्रेलियाले ब्ल्याकलिष्टमा राखेकोु भन्ने झुटो खबर फैलाईएकोमा त्यसको प्रतिवादस्वरुप केहि सञ्जालहरू किटान गरी जिल्ला प्रहरी कार्यालय, कास्कीमा उजुरी दिएकी छु । वास्तविक कुरा नबुझी आफ्नो सञ्जाल प्रचारको लागि कसैको जीन्दगीसँग खेलबाड गर्नु जघन्य अपराध रहेको मेरो निष्कर्ष रहेको छ ।

साथै, सबै सञ्चारमाध्यमहरूलाई पनि यथार्थ बुझेर मात्र समाचार सम्प्रेषणको लागि हार्दिक अनुरोध गर्न चाहन्छु ।




भर्खरै