२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

झूटो खबर फैलाउनेमाथि कारबाही माग गर्दै गायिका समीक्षाले दिइन् उजुरी



अ+ अ-

काठमाडौं । गायिका समीक्षा अधिकारीले अष्ट्रेलियाको भिसाका बारेमा झुटो खबर फैलाएको भन्दै उजुरी दिएकी छिन् ।

समीक्षाले आइतबार जिल्ला प्रहरी कार्यालय कास्की पुगेर आफ्नो विषयमा नराम्रो कुरा लेखी समाचार सम्प्रेषण गर्नेहरुको खोजतलास गरी कारबाहीको माग गर्दै निवेदन दिएको सामाजिक संञ्जालमा उल्लेख गरेकी छिन् ।

उनले सामाजिक संञ्जालमा लेखेकी छिन् –

केही कागजपत्र मिलाउनुपर्ने भएका कारण अष्ट्रेलियाको भिसामा भएको ढिलाईको बिषयलाई लिएर सामाजिक सञ्जालमा मलाई अष्ट्रेलियाले ब्ल्याकलिष्टमा राखेकोु भन्ने झुटो खबर फैलाईएकोमा त्यसको प्रतिवादस्वरुप केहि सञ्जालहरू किटान गरी जिल्ला प्रहरी कार्यालय, कास्कीमा उजुरी दिएकी छु । वास्तविक कुरा नबुझी आफ्नो सञ्जाल प्रचारको लागि कसैको जीन्दगीसँग खेलबाड गर्नु जघन्य अपराध रहेको मेरो निष्कर्ष रहेको छ ।

साथै, सबै सञ्चारमाध्यमहरूलाई पनि यथार्थ बुझेर मात्र समाचार सम्प्रेषणको लागि हार्दिक अनुरोध गर्न चाहन्छु ।