८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

उपप्रधानमन्त्री खड्कासँग लेबनानका अवैतनिक वाणिज्य दूत गोउजायलको भेट

उपप्रधानमन्त्री खड्कासँग लेबनानका अवैतनिक वाणिज्य दूत गोउजायलको भेट
अ अ+ अ-

काठमाडौँ ।  उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग नेपालका लागि लेबनानका अवैतनिक वाणिज्य दूत एल्चेइख मोहमेदविसाम गोउजायलले आज शिष्टाचार भेटवर्ता गर्नुभएको छ ।

भेटमा उपप्रधानमन्त्री खड्काले दुई देशबीच द्विपक्षीय सम्बन्ध स्थापना भएदेखि नै नेपाल र लेबनानबीच असल सम्बन्ध रहेको भन्नुहुँदै शान्ति स्थापनार्थ युनाइटेड नेसन्स इन्टरिम फोर्स इन लेबनान (युनिफिल) मिशनमा नेपाली शान्ति सैनिक लेबनानमा तैनाथ भई त्यहाँको शान्ति प्रक्रियामा योगदान पुर्‍याउन पाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले यसले दुई देशबीचको सम्बन्धलाई विशेष बनाएको उल्लेख गर्नुभयो ।

साथै, नेपाल र लेबनान दुवै मुलुक प्राकृतिक सम्पदा, संस्कृति र परम्परामा सुन्दर एवं धनी रहेको र पर्यटन उद्योग लगायतका क्षेत्रमा सहकार्य गर्ने धेरै सम्भावना भएकाले पर्यटन एवं अन्य क्षेत्रमा लेबनानका तर्फबाट लगानीका लागि आह्वान गर्नुभयो ।

उपप्रधानमन्त्री खड्काले सन् १९५८ मा लेबनानमा पाँच सैनिक पर्यवेक्षकको तैनाथीबाट संयुक्त राष्ट्रसङ्घको शान्ति अभियानमा पहिलो पटक नेपाली सेना शान्ति सैनिकको रूपमा सहभागी भई शान्ति स्थापना कार्यको यात्रालाई सुरुआत गरेकोले नेपाली सेनाको इतिहासमा कोसेढुङ्गा सावित भएको बताउनुभयो ।

सन् १९७८ देखि युनिफिल मिसनअन्तर्गत हालसम्म ५० हजारभन्दा बढी शान्ति सैनिक तैनाथ भई आफ्नो जिम्मेवारी पूरा गरिसकेका छन् । साथै हाल आठ सय ७५ जना शान्ति सैनिक लेबनानमा तैनाथ रही आफ्नो जिम्मेवारी वहन गरिरहेको उहाँको भनाइ थियोे ।

सो अवसरमा नेपालका लागि लेबनानका अवैतनिक वाणिज्य दूत एल्चेइख मोहमेदविसाम गोउजायलले लेबनानमा नेपाली शान्ति सैनिकले खेलेको भूमिकाको प्रशंसा गर्दै नेपाली शान्ति सैनिकप्रति लेबनानी जनताको सकारात्मक भावना रहेको कुरा औँल्याउनुभयो ।

उहाँले दुई देशबीच पर्यटन, उद्योग, जलस्रोतलगायतका विभिन्न क्षेत्रमा सहकार्य गर्ने सम्भावना रहेको र आफूले त्यसका लागि कार्य गरिरहेको बताउनुभयो । भेटवार्तामा नेपाली सेनाका प्रधानसेनापति, रक्षा मन्त्रालयका सचिव, सहसचिव, परराष्ट्र मन्त्रालयका अधिकारीका साथै, नेपाली सेनाका अधिकृतहरूको समेत उपस्थिति थियो । रासस