७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर

प्रतिनिधिसभा बैठक : बालसुधार गृह घटनाका दोषीलाई कारबाही गर्न माग

प्रतिनिधिसभा बैठक : बालसुधार गृह घटनाका दोषीलाई कारबाही गर्न माग
फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले यही भदौ ३ गते भक्तपुरको बालसुधार गृहमा भएको घटनाका सम्बन्ध सरकारको ध्यानाकर्षण गराउँदै घटनाका दोषीलाई कारबाही गर्न माग गर्नुभएको छ ।

उहाँहरुले बालसुधार गृह भित्रै भएको कमल बस्नेतको निधनका सम्बन्धमा सत्यतथ्य छानविन गरी दोषीलाई कारबाही गर्न माग गर्नुभएको हो ।

बैठकमा सांसद दुर्लभ थापा क्षेत्रीले बस्नेतको निधन र त्यसपछि भएको घटनाका सम्बन्धमा सम्बन्धित निकायलाई सत्यतथ्य छानविन गरी दोषीलाई कारबाही गर्न र निधन भएका बालकको परिवारलाई उचित क्षतिपूर्ति दिन माग गर्नुभयो । यसैगरी सांसद निशा डाँगीले कमल बस्नेतको मृत्यु सम्बन्धमा सत्यतथ्य सार्वजनिक गर्न आग्रह गर्दै सुधार गृहका बालबालिकाले पाउने सेवा सुविधामा पनि ध्यान दिन आग्रह गर्नुभयो ।

सांसद डोलप्रसाद अर्यालले हालै सरकारले श्रमिकको न्यूनतम पारश्रमिक बढाएको बारेमा केही औद्योगिक व्यवसायीले बढेको सो पारिश्रमिक दिन नसकिने भनी दिएको अभिव्यक्तिका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदै सरकारको निर्णय कार्यान्वयनका लागि आग्रह गर्नुभयो ।

सांसद तेजुलाल चौधरी टीकापुर घटनाको लामो समय भए पनि सो घटनाका केही निर्दोष व्यक्ति अझै पनि लुकेर बस्नु परेको जनाउँदै त्यसका लागि सहज वातावरण बनाइदिन सरकारसँग आग्रह गर्नुभयो । सांसद दामोदर भण्डारीले बाढी पहिरोले बाटाहरु अवरुद्ध भएको, लम्की स्किनको प्रकोप भयावह फैलिएको, वन्यजन्तुले बालीनाली सखाप गरेकोलगायत सवालामा समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद दिपा शर्माले शिक्षा क्षेत्रमा विभिन्न सुधारका माग राखी माइतीघर मण्डलामा लामो समयदेखि अनशन भइरहेको भए पनि सरकार बेखबर जस्तो देखिएको जनाउँदै बन्द भएका सिटिइभिटीअन्तर्गतका कलेज खुलाउन माग गर्नुभयो । सांसद देवप्रसाद तिमिल्सिनाले रौतहटको हाल बन्द अवस्थामा रहेको श्रीराम सुगरमिल किसानको हितका लागि भएपनि यथाशीघ्र सञ्चालन गर्न माग गर्नुभयो ।

सांसद धनबहादुर बुढाले डोल्पाको उत्तरी क्षेत्रका नाकामा हाटबजार मेला लाग्दै आएको भए पनि कोभिडका कारण विगत पाँच वर्षदेखि बन्द रहेकाले सो स्थानमा दैनिक उपभोग्य, खाद्यान्न, निर्माण सामग्रीको अभाव भएको र नाका खुलाउन माग गर्नुभयो ।

सांसद धवलशम्शेर जबराले नेपालगञ्जमा खेलकुदको पूर्वाधारमा कमी भएको, कपास विकास समिति अलपत्र भएका, नर्सिङ कलेजलाई भर्ना गर्न नदिएको बारेमा सदनको ध्यानाकर्षण गराउनुभयो । सांसद ध्रुवबहादुर प्रधानले उद्योगमा सबैभन्दा बढी राजस्व तिर्ने नवलपरासी पश्चिमका जनता आर्सनिक खानेपानी खान बाध्य भएको बताउँदै शुद्ध खानेपानी उपलब्ध गराउन माग गर्नुभयो ।

सांसद नारायणप्रसाद आचार्यले पाल्पा रामपुरको बाटो लामो सयमदेखि बजेटको कमीका कारण मर्मतसमेत हुन नसेकेको हुँदा मर्मतका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो । सांसद पृष्पबहादुर शाहले अछामको कैलाश खोलामा आएको बाढीले पर्यटकीयस्थल रामारोशन बाटो अवरुद्ध भएको तत्काल बाटो खुलाउन आग्रह गर्नुभयो

सांसद प्रकाशमान सिंहले बाढीपहिरोले मुलुकभर जस्तै काठमाडौँ उपत्यका पनि डुबानको समस्या बढेको हुँदा यसको दीर्घकालीन व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद प्रदीप पौडेलले इञ्जिनियरिङ अध्ययन संस्थानमा २०० प्रतिशत शुल्क वृद्धि गरिएको भन्दै तत्काल उक्त निर्णय फिर्ता गर्न माग गर्नुभयो ।

सांसद प्रतिमा गौतमले बाढी पहिरोको समस्या, आँखा पाक्ने रोगको प्रकोप, लम्पी स्किनको सङ्क्रमण, महँगी, भ्रष्टाचारलगायत जनजीविकाका विविध समस्या भए पनि सुनका नाममा एक महिनादेखि संसद् बन्द भएको उल्लेख गर्दै त्यसपछि संसद् सञ्चालन हुनुलाई कसरी उपलब्धि मान्न सकिन्छ भनी प्रश्न गर्नुभयो ।

सांसद प्रभु हजाराले शुद्ध खानेपानी पाउने जनताको मौलिक हक भए पनि तराई–मधेसका जनताले अझै पनि शुद्ध खानेपानी नपाएको जनाउँदै तत्काल व्यवस्थापन गर्न माग गर्नुभयो । सांसद प्रेमबहादुर महर्जनले पछिल्लो समय बालबालिका हराउनेक्रम बढेको तथ्याङ्क पेस गर्दै प्रभावकारी खोजतलासका लागि सरकारसँग आग्रह गर्नुभयो ।

सांसद बद्री पाण्डेले लम्पी स्किन रोगका कारण हजारौ पशुचौपाया मरेको र किसान ठूलो मार्कामा परेको तर्फ सरकारको ध्यानाकर्षण गराउँदै यसको प्रभावकारी रोकथाम र क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्नुभयो । सांसद बलराम अधिकारीले छाडा गाईगोरुका कारण सडक दुर्घटना बढेको र दुर्गन्ध फैलिएको बताउँदै यसको उचित व्यवस्थापनका लागि आग्रह गर्नुभयो ।

सांसद वासुदेव घिमिरेले स्वच्छ वातावरण मौलिक हक भएपनि स्थानीय तहमा फोहरमैला व्यवस्थापनमा विभिन्न कठिनाई हुने गरेको र यसमा तीनै तहका सरकारबीच समन्वय हुनुपर्ने सुझाव दिनुभयो । सांसद विन्दबासिनी कांसकारले सडक डिभिजन कार्यालय हेटाँैडाले सो क्षेत्रमा पूर्व पश्चिम राजमार्गअन्तर्गत उचित मुआब्जा नदिइ जग्गा अधिग्रहण गरिएको जनाउँदै विकासका नाममा जनतालाई विस्थापित बनाउन नहुने धारणा व्यक्त गर्नुभयो ।

सांसद विनिता कठायतले जुम्लामा बाढीले बगाउँदा स्थानीय पन्नकली बुढा बेपत्ता भएको जानकारी गराउँदै तत्काल बेपत्ताको खोजी गर्न र आगामी दिनमा यस्ता घटना हुन नदिन सरकारको ध्यानाकर्षण गराउनुभयो । रासस