७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल

मौसम पूर्वानुमानलाई यथार्थपरक बनाउनेगरी काम अगाडी बढाउँछौ: मन्त्री बस्नेत

मौसम पूर्वानुमानलाई यथार्थपरक बनाउनेगरी काम अगाडी बढाउँछौ: मन्त्री बस्नेत
अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले मौसम पूर्वानुमानलाई यथार्थपरक बनाउनेगरी काम अगाडी बढाउने बताउनुभएको छ ।

बिहीवार जल तथा मौसम विज्ञान विभागको कार्यालय अनुगमन गर्दै मन्त्री बस्नेतले यस आर्थिक वर्षमा मौसम पूर्वानुमानलाई अझै यथार्थपरक बनाउनेगरी काम अगाडी बढाउने बताउनुभएको हो ।

उहाँले यसको निम्ति विगतको अनुभवसहितलाई समेत मध्यनजर गर्दै आवश्यक अध्ययन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी दिनुभयो । उहाँले मौसम पूर्वानुमानलाई अनुमानयोग्य र भरपर्दो बनाउनलाई ध्यान दिइने उल्लेख गर्नुभयो । उहाँले पूर्वसूचना प्रणालीलाई पनि जनमानसमा अझ व्यापक गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले यसको निम्ति नीतिगत, संरचनागत तथा प्राविधिक क्षेत्रमा गर्नुपर्ने काम सरकारले गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हामी अत्यन्त जिम्मेवारीका साथ र पूर्वानुमानलाई अझ अनुमानयोग्य कसरी बनाउने, अझ भरपर्दो कसरी बनाउने ? पूर्व सूचना प्रणालीलाई अझ व्यापक कसरी बनाउने ? के हुँदैछ भन्ने कुरा आम जनताले बुझ्नसक्ने, थाहा पाउन सक्ने सबैले पूर्व जानकारी लिनसक्ने परिस्थितिको सुनिश्चित कसरी गर्ने र हाम्रो पूर्वानुमानलाई कसरी बढीभन्दा बढी व्यवहारिक र अझ बढी यथार्थपरक बनाउने भन्ने विषय नै चुरो कुरा हो ।

पूर्व सावधानीका लागि लिनुपर्ने कुराहरु त सरकारका विभिन्न संयन्त्रहरुले गर्ने कुरा त छदैछ यसैको आधारमा । हामी छलफल पनि गरिरहेका छौँ हाम्रो पूर्वानुमानलाई कसरी अझ भरपर्दो बनाउन सकिन्छ ? त्यसको निम्ति हामीले प्रविधिको क्षेत्रमा, हामीले प्रयोग गरिरहेका स्रोतहरुलाई अधिकतम प्रयोग गरेर हाम्रो अवस्था अनुकुल विश्लेषण गर्ने कुरा अझ जरुरी छ । यसको निम्ति चाहिने प्रविधि, जनशक्तिको कुरा, आवश्यक पर्ने तालिमको कुरा यो सबै बारेमा सरकारले मन्त्रालयको तर्फबाट पर्याप्त ध्यान पुर्‍याउँछौ । हामी यो आर्थिक वर्षमा पूर्वानुमानको क्षेत्रलाई अझ बढी यथार्थपरक बनाउनेगरी हामी काम अगाडी बढाउँछौँ । के गर्दा अझ बढी यथार्थपरक हुन सक्छ हाम्रो पूर्वानुमानहरु अध्ययन गर्नुस् भनेको छु ।’

उहाँले कर्मचारीहरुलाई जिम्मेवारीपूर्वक काम गर्न र सही सूचना दिनपनि आग्रह गर्नुभयो ।