३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्कीको निधनमा कांग्रेसले भोलि पार्टी कार्यालय बन्द गर्ने



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले पूर्व केन्द्रीय सदस्य डा.राजराम कार्कीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बिहीबार बिहान बसेको आकस्मिक कार्यसमितिको बैठकमा कांग्रेसले कार्कीको निधनमा दु:ख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो ।

कार्कीको सम्मानस्वरुप कांग्रेसले भदौ ७ र ८ गते दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

भदौ ८ गते शुक्रबारका दिन कांग्रेसले केन्द्र तथा जिल्ला कार्यालयहरु बन्द गर्ने र कार्की स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्र र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राखिने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसका पूर्व केन्द्रीय सदस्य, बागमती प्रदेश सभाका पूर्व सदस्य, कांग्रेस धादिङका पूर्व सचिव, नेपाल तरुण दलका पूर्व महासचिव र पार्टीका महासमिति सदस्य समेत रहका डा। कार्कीको बुधबार निधन भएको थियो ।