२१ श्रावण २०८३, बिहीबार
,
Latest
उपत्यकाको यातायात संरचनामा दीर्घकालीन परिवर्तन ल्याउने गुरुयोजना न्यायोचित भाडादर र राइडरको हकहितका लागि ‘इन्ड्राइभ’ कार्यालय घेराउ (तस्बिरहरु) नागेन्द्र साह बने नेपाल आयल निगमका कार्यकारी निर्देशक मर्दी पदयात्राबाट फर्किने क्रममा सम्पर्कविहीन तीन युवाको सकुशल उद्धार जनकपुर यातायात कार्यालयले एक वर्षमा उठायो रु ५७ करोडभन्दा बढी राजस्व १५ भदौसम्मका लागि संसदको कार्यतालिका सार्वजनिक, १० दिन मात्र बैठक बस्ने दाङमा ९४ प्रतिशत रोपाइँ सम्पन्न रोल्पामा खोलाले बगाउँदा एक वृद्धको मृत्यु ‘हेलो सरकार’मा एक वर्षमा झण्डै ७० हजार गुनासा, प्रणाली स्तरोन्नतिको तयारी सरकारी अस्पताल आफैँ बिरामी छः सांसद मल्ल
तपाईं के खोज्दै हुनुहुन्छ ?

उच्चस्तरीय छानबिन आयोगले असोज ५ बाटै काम थाल्छ: रमेश लेखक



अ+ अ-

काठमाडौँ । सुन तस्करी प्रकरणको अनुसन्धान गर्न असोज ५ गते उच्चस्तरीय छानबिन आयोग गठन हुने भएको छ ।

बुधवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको सर्वदलीय बैठकले असोज ५ गते उच्चस्तरीय छानबिन आयोग गठन गर्ने सहमति गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले आफ्नो अनुसन्धान सकेपछि असोज ५ गते उच्चस्तरीय छानबिन समिति बन्ने बताउनु भयो । उहाँले बैठकमा अनुसन्धान ब्युरोलाई स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्न दिने सहमति भएको पनि बताउनु भयो । उहाँले ब्युरोले नै अभियोजन पनि गर्ने उल्लेख गर्नुभयो । उच्चस्तरीय छानबिन समिति बनेको दिनबाट नै कार्यान्वयनमा जाने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले जुन ब्रेक सुमा सुन तस्करी तथा अवैध पैठारी भएको छ । त्यसका बारेमा केन्द्रिय जाँच ब्युरोले अनुसन्धान गरिरहेको छ, उसले निष्पक्ष छानबिन गर्नेछ । भन्ने सहमति भएको छ । अभियोजन पनि उसैले गर्नेछ । अर्को कुरा पटकपटक भएको भेवमा सुन तस्करी भयो, त्यो लगायतका अरु पनि सुन तस्करी भयो, त्यसर्ला निष्पक्ष, स्वतन्त्र छानबिन गर्न असोज ५ गते आयोग गठन गर्ने र त्यसै दिनबाट काम गर्ने । छानबिन आयोग ऐन, २०२६ अन्तर्गतको छानबिन आयोग गठन गर्ने । पटक पटक सुन तस्करी भएको छ, त्यसमा अनुसन्धान गर्ने र अध्ययन गरी सुझाव प्रतिवेदन दिने । नेपाल सरकारे गठन गर्नेछ । आज संसद खुल्छ ।’