७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी

तेह्र वर्षमा सकियो पश्चिम नेपालमा विजुली पुर्‍याउने प्रसारण लाइन

तेह्र वर्षमा सकियो पश्चिम नेपालमा विजुली पुर्‍याउने प्रसारण लाइन
अ+ अ-

काठमाडौँ । सामान्यता कुनै एउटा आयोजना सम्पन्न हुन के कति समय लाग्ला रु आम मानिसलाई लाग्छ, एकाध वर्षमा नै सकिन्छ । ठूला परियोजना भए थप केही समय थप लाग्न सक्छ । सामान्य वा मझौला खालका आयोजना भए एकाध वर्षमा नै सम्पन्न हुनसक्छ । तर, कूल ७४ किलोमिटर लामो एउटा परियोजना सम्पन्न गर्न १३ वर्ष लागेको छ ।

प्रसारण लाइन निर्माण समयमा सम्पन्न हुन नसक्दा हेटौँडा आसपास केन्द्रित हुने बिजुली पश्चिम नेपाल लैजान समस्या पर्दै आएको थियो । एकाध टावर निर्माणमा लामो समय लाग्दा आयोजनाले खेप्नु परेको हैरानी आफैँमा धेरैका लागि सिक्ने र जान्ने विषय बन्न पुगेको छ ।

नेपालको विकास निर्माण कसरी बेथितिमा फस्छ र समय तथा लागत दुवै बढ्न पुग्छ भन्ने उदाहरण बन्न पुगेको आयोजना हो भरतपुर–बर्दघाट दुई सय २० किलोभोल्ट ९केभी० डबल सर्किट प्रसारण लाइन ।

चितवनको भरतपुर महानगरपालिका-११ आँपटारीमा रहेको नयाँ भरतपुर सबस्टेसनमा मनाङ-मर्स्याङदी करिडोरको बिजुली जोडिनेछ । सो आयोजनाको लागत रु एक अर्ब ५२ करोड रहेको छ । यस्तै, हेटौँडा(भरतपुर–बर्दघाट प्रसारण लाइनको कूल लागत रु पाँच अर्ब ९४ करोड बराबर छ ।

भरतपुर महानगरपालिकाको आँपटारीबाट पश्चिम जाने प्रसारण लाइन नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०को बर्दघाट सबस्टेसनमा अन्त्य हुनेछ । सो आयोजना विसं २०६७ मा सुुरु भएको हो । नियमित रुपमा काम भएको भए सो प्रसारण लाइन २०७२ मा नै सम्पन्न भइसक्नुपर्ने थियो । वन क्षेत्रको जग्गा प्रयोगमा सबैभन्दा बढी समस्या भोगेको आयोजनाले स्थानीयको अवरोध पनि उत्तिकै झेल्नु परेको थियो ।

चितवनको भरतपुर महानगरपालिका-११ आँपटारीमा निर्माण भएको नयाँ भरतपुर सबस्टेसनबाट सुरु भई नवलपरासी -बर्दघाट-सुस्ता पश्चिम)को बर्दघाट सबस्टेसनमा अन्त्य हुने ७४ किलोमिटर दुई सय २० केभी डबल सर्किट प्रसारण लाइनको निर्माण सम्पन्न भएको हो । प्रसारण लाइनको मार्ग परिवर्तन गर्न माग गर्दै स्थानीयले गरेको अवरोध, रूख कटानको समस्या, ठेकेदारको कमजोर कार्यसम्पादन लगायतका कारणले जीर्ण बनेको आयोजना गत साउन ३० गते मात्रै सम्पन्न भएको हो ।

आयोजनामा देखिएको समस्या समाधानका लागि सरकार, नेपाल विद्युत् प्राधिकरणले गरेको मेहनत पनि आफैँमा अध्ययन गर्नलगायत विषय बनेको छ । सो प्रसारण लाइनले एक हजार मेगावाटसम्म विद्युत् प्रवाह गर्न सक्छ । कूल दुई सय २० केभी क्षमताको डबल सर्किट प्रसारण लाइनलाई हाल एक सय ३२ केभी क्षमतामा नै सञ्चालनमा ल्याइने छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ उक्त प्रसारण लाइन निर्माण सम्पन्न भएपछि भरतपुरबाट पश्चिमतर्फ विद्युत् प्रवाह गर्न थप सहज हुने बताउनुहुन्छ । सोही आयोजनाको आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभयो ।

“निरन्तरको प्रयासपछि प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ”, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, “भरतपुरबाट पश्चिमतर्फ विद्युत् प्रवाहका लागि हाल चालु रहेको एक सय ३२ केभी क्षमताको सिङ्गल सर्किटमात्र थियो, उक्त लाइनको क्षमतालाई नधान्दा भरतपुरबाट पश्चिमतर्फ थप विद्युत् पठाउन समस्या पर्दै आएको थियो ।” दुई सय २० केभी क्षमताको लाइन निर्माण सम्पन्न भएपछि थप विद्युत् प्रवाहका लागि सहज भएको तथा भोल्टेजमा पनि सुधार हुने प्राधिकरणको विश्वास छ ।

नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका(२ दुम्कीबासमा स्थानीयले प्रसारण लाइनको मार्ग परिवर्तन गर्न गरेको माग सर्वोच्च अदालतसम्म पुग्यो । सर्वोच्चले २०७७ चैत २५ मा स्थानीयको मागअनुसार नै अन्तरिम आदेश थियो । सोही कारण दुईवटा टावर निर्माण हुन नसक्दा आयोजना उल्झनमा फस्न पुग्यो । सर्वोच्चले २०७९ असार १२ मा अन्तरिम आदेश खारेज गरिदियो । सर्वोच्चले मार्ग प्रशस्त गरिदिएपछि २०७९ चैतमा स्थानीयसँग मुआब्जा र क्षतिपूर्तिका बारेमा छलफल भयो र सहमति भयो । अन्तत: प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ ।

नयाँ प्रसारण लाइन निर्माण सम्पन्न भएपछि भरतपुरबाट बर्दघाटसम्म विद्युत् पठाउनका लागि पुरानोसहित तीन सर्किट भएका छन् । दुई सय २० केभीको लाइनलाई एक सय ३२ केभीमा चार्ज गर्दा एउटा सर्किटबाट एक सय ७० मेगावाटसम्म विद्युत् प्रवाह भएको छ । यसअघि पुरानो सिङ्गल सर्किटबाट करिब ९० मेगावाटसम्म विद्युत् प्रवाह भइरहेको थियो ।

यस्तै, बर्दघाटबाट नवलपरासीको सुनवल नगरपालिका-१३ भूमहीस्थित नयाँ बुटवल सबस्टेसनसम्मको दुई सय २० केभी प्रसारण लाइन निर्माणाधीन छ । उक्त लाइन आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ । त्यसपछि हेटौँडाबाट नयाँ बुटवल सबस्टेसम्म दुई सय २० केभी प्रसारण लाइन जोडिने छ । प्रसारण लाइनमा दुई सय ४६ वटा टावर छन् । आयोजना निर्माणका लागि सेन्ट्रल चाइना पावर ग्रीड इन्टरनेसनल इकोनमिक एन्ड ट्रेड कम्पनीसँग २०६७ कात्तिकमा ठेक्का सम्झौता भएको थियो ।

कार्यसम्पादन सन्तोषजनक नभएपछि उक्त कम्पनीसँगको ठेक्का सम्झौता २०७४ जेठमा रद्द गरिएको थियो । प्राधिकरणले बाँकी काम गर्न नयाँ बोलपत्र आह्वान गरेको थियो । बाँकी रहेको काम सम्पन्न गर्न चिनियाँ कम्पनी हेङटन अप्टिक्स इलेक्ट्रिकसँग २०७५ साउनमा सम्झौता भएको थियो । आयोजना प्रमुख सन्तोष साहले असाध्यै ठूलो मेहनतपछि प्रसारण लाइन निर्माण सम्पन्न भएको जानकारी दिनुभयो ।

दुम्कीबासको अवरोधका कारण प्रसारण लाइन निर्माण गर्न नसक्दा भरतपुरबाट बर्दघाटतर्फ थप विद्युत् पठाउन नसक्ने अवस्था आएपछि प्राधिकरणले वैकल्पिक व्यवस्थामार्फत निर्माण सम्पन्न भएको खण्डलाई सञ्चालनमा ल्याएको थियो ।

भरतपुरबाट नवलपरासीको अरुण खोलासम्मको करिब ५६ किलोमिटर प्रसारण लाइनको सिङ्गल सर्किटलाई एक वर्षअघि सञ्चालनमा ल्याइएको थियो । भरतपुर-बर्दघाट दुई सय २० केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएको लाइनलाई अरुण खोलामा ट्यापिङ गरी हाल सञ्चालनमा रहेको एक सय ३२ केभी प्रसारण लाइनमा जोडिएको थियो । भरतपुर(बर्दघाट एक सय ३२ केभी प्रसारण लाइनलाई अरुण खोलामा छुट्याएर भरतपुर(बर्दघाट दुई सय २० केभीको लाइनसँग जोडिएको थियो ।

प्रसारण लाइनको क्षमता सुदृढीकरण र नेपालको एकीकृत विद्युत् प्रणाली विश्वसनीय बनाउनसरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा हेटौँडा-भरतपुर-बर्दघाट दुई सय २० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको थियो । विसं २०७८ कात्तिकदेखि विश्व बैंक आयोजनाबाट पछि हटेपछि सरकार र प्राधिकरणको लगानीमा बाँकी काम अगाडि बढाइएको थियो ।

आयोजनालाई हेटौँडा-भरतपुर र भरतपुर-हेटौँडा खण्डमा विभाजन गरी निर्माण सुरु गरिएको थियो । हेटौँडा-भरतपुर खण्ड निर्माण सम्पन्न भई एउटा सर्किटलाई तत्कालका लागि एक सय ३२ केभीमा चार्ज गरी सञ्चालनमा ल्याएको छ । रासस