७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ए’ डिभिजन लिगः च्यासलविरुद्ध पुलिसको जित



अ+ अ-

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत विभागीय टोली नेपाल पुलिस क्लबले जित निकालेको छ ।

बुधबार दिउँसो भएको खेलमा पुलिसले च्यासल युथ क्लबलाई २–१ गोलले पराजित गरेको हो । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिसलाई जित दिलाउन रबि शंकर पासवानले दुई गोल गरे ।

खेलको ३७ औं मिनेटमा पासवानले गोल गर्दै पुलिसलाई सुरुवाती अग्रता दिलाएका थिए ।

नीर कुमार राईले उनलाई बल उपलब्ध गराएका थिए । यता, मौसा अबागानाले खेलको ५२ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै च्यासललाई १–१ गोलको बराबरी स्थितीमा ल्याए । 

पुलिसका कप्तान सुमन सुवेदीले ५१ औं मिनेटमा रुमेश बर्तौलालाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि च्यासलले पेनाल्टी जितेको थियो । 

खेलको ७० औं मिनेटमा पासवानले व्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गर्दै पुलिसलाई २–१ को जित दिलाए ।  

सुमन लामाले उपलब्ध गराएको बलमा पासवानले गोल गरेका हुन् । 

जितसँगै ९ खेलमा १० अंक जोडेको पुलिस लिगको दशौँ स्थानमा उक्लिएको छ । 

यता, च्यासल ९ खेलमा ५ अंक जोडेर १३ औं  स्थानमा रहेको छ  ।  

खेलमा पुलिसका रबि पासवान प्लेयर अफ दि म्याच चुनिँदा च्यासलका आशिष राई इमर्जिङ प्लेयर घोषित भए ।