२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया

माधव नेपालसंग शेरबहादुर झस्किएपछि…

माधव नेपालसंग शेरबहादुर झस्किएपछि…
अ अ+ अ-

काठमाडौ । प्रधानमन्त्री केपी ओलीले संसदमा बिश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनका लागि गृहकार्य जारी रहेको बेला एमालेका बरिष्ठ नेता माधब नेपालसंग काग्रेस सभापति शेरबहादुर देउवा शशकित हुनु भएको छ ।

प्रधानमन्त्री ओलीलाई कुनैपनि सर्तमा सत्ताच्यूत गराउन कस्सिनुभएका नेता नेपालले देउवाको पक्षमा स्पष्ट बहुमत पुर्योउनका लागि आफू निकट सबै सांसदको राजीनामा गराउने बचन देउवा र माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई दिनु भएको थियो ।सोमबार  संसद सुरुहुनु अगावै राजीनामाको प्रतिक्षा गरिरहेका देउवा र दाहाल संसद मात्र बहिष्कार गर्ने नेपालको निर्णय पछि झस्किएका हुन् ।

सासंदहरुको राजीनामा गराउने भन्दै सिहदरबारमा भएको छलफलमा नेता भीम रावल बाहेक अधिकासं सांसदहरु सामूहिक राजीनामाको लागि तयार नभएपछि नेपालले मध्यमार्गी बाटो भन्दै संसदमा उपस्थित नहुने निर्णय गर्नुभएको थियो ।  छलफलमा नेताहरु सुरेन्द्र पाण्डे , धनश्याम भुषाल,योगेश भट्टराई , गोकर्ण बिष्ट लगायतले नेता ओलीको कदम बिरुद्ध उभिने नाममा नेपालको गलत कदमलाई साथ दिन नसकिने बताएपछि नेपाल अप्ठारोमा पर्नुभएको थियो ।

 नेपाल निकट नेताहरुको निर्णय सार्बजनिक भएलगत्तै " कम्युनिष्टहरुले बिश्वास नै छैन माधब नेपालले धोका दिने भन्दै" शेरहादुर देउवा आक्रोशित हुनु भएको उहाँ निकट एक नेताले न्यूजपोलारलाई जानकारी दिनुभयो  ।

२८ सासंदले राजीनामा गरेको पत्र आफनो हातमा नपर्दा सम्म बिश्वास गर्न नसकिने भन्दै देउवाले  माओबादी अध्यक्ष दाहाल संग गुनासो गर्नुभएको थियो । देउवाको शंका पछि संसदभबन बाट बाहिरिएपछि नेता नेपाल दाहाल बीच आगामी रणनीतिका बारेमा छलफल भएको थियो ।  नेता नेपालले कुनै न कुनै परिस्थिती सृजना गरेर जसरी पनि राजीनामा गराउने भन्दै देउबाको हातमा पत्र बुझाउने प्रतिबद्धता जनाउनु भएको श्रोतले जनाएको छ ।

उता नेपाल समूहका प्रभाबशाली सदस्यहरु भने अध्यक्ष ओली समूह संग निरन्तर सम्वादमा रहेका छन् । उनिहरुले पार्टीको व्हिप उल्लंघन गरेको आरोपमा कारबाही नगर्न  आग्रह गर्दे सामूहिक राजीनामा नगर्ने त्यसलाई सकेसम्म रोक्न प्रयास गर्ने जानकारी गराएका थिए ।  उनिहरुले अब पार्टी भित्रको बिवाद बढाउन नहुने भन्दै वार्ताका लागि समेत बाताबरण बनाउन सुझाब दिएका थिए । संसदमा जनता समाजबादी पार्टीका महन्थ ठाकुर पक्ष तटस्थ बसेको  देउवाको बारेमा पनि तटस्थ बस्ने अबस्था देखिएको र नेपाल समूहका सांसदको राजीनामा नआए गठबन्धन सरकार बन्न नसक्ने अबस्था प्रति देउवा सचेत देखिनु भएको छ ।

 देउवा निकट नेता भन्छन् प्रधानमन्त्रीका लागि देउवाजी भन्दा पनि बढी तातो माधबजीलाई छ तर आफू निकटमा सांसदको राजीनामा गराउन सक्नु भएको छैन । नयाँ सरकार कसरी बन्छ अझै अन्योल नै छ   ।