२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया

कोभिड–१९ सङ्क्रमण रोक्न पूर्ण बन्दाबन्दी

कोभिड–१९ सङ्क्रमण रोक्न पूर्ण बन्दाबन्दी
अ अ+ अ-

महोत्तरी । जिल्ला प्रशासन कार्यालय महोत्तरीले भारतीय सीमावर्ती जलेश्वर नगरपालिका क्षेत्रमा पूर्णरूपमा निषेधाज्ञा लगाउने निर्णय गरेको छ । जिल्लाभरि गत बुधबारदेखि नै निषेधाज्ञा जारी भएबीच जलेश्वर नगर क्षेत्रमा कोभिड–१९ सङ्क्रमणले निकै गाँजेपछि प्रशासनले सामान्य हिँडडुलसमेत रोक्ने गरी आज बिहानैदेखि लागू हुने गरी थप आदेश जारी गरेको हो । यो आदेशले अब एक्लै हिँड्न वा जरुरी काम छ भन्दै पूर्व स्वीकृतिबेगर सडकमा निस्कने जोकोहीलाई कारवाही गरिने उल्लेख छ ।

नगर क्षेत्रमा कोभिड–१९ सङ्क्रमण निकै बढेर मानवीय क्षति थपिँदै गएपछि थप आदेश जारी गर्नुपरेको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिनुभयो । नगरका भारतीय सीमावर्ती नाका र गल्छिडाबाट हुने आवतजावत रोक्न थप सुरक्षा जनशक्ति विन्यास गरिएको प्रजिअ भट्टराईको भनाइ छ । जिल्लामा यसपालि २०७८ प्रारम्भ भएयता वैशाख १० देखि हालसम्म कोभिड–१९ सङ्क्रमणले १२ जनाको ज्यान लिएको छ । तीमध्ये सात जलेश्वर नगर क्षेत्रकै परेका छन् । यसअवधिमा सङ्क्रमण पुष्टि भएका ७९१ मध्ये १०० को हाराहारी जलेश्वर नगर क्षेत्रकै परेपछि यसको रोकथाममा कठोर हुनैपर्ने अवस्थाले थप आदेश जारी गर्नुपरेको जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ । जिल्लाको कोभिड–१९ व्यवस्थापन केन्द्र र राजनीतिक दल एवं सामाजिक सङ्घसंस्थाको सिफारिसमा अर्को आदेश नभएसम्म नगर क्षेत्र पूर्ण बन्दाबन्दी रहने स्पष्ट पारिएको छ ।

यसअघि गत बुधबारदेखि नै जारी वैशाख महिनाभरि लागू हुने गरी निषेधाज्ञा जारी भए पनि सार्वजनिक बसबाहेक सबै सवारी साधन चलिरहेका र बजार, चोक क्षेत्रमा स्वास्थ्य सचेतता मापदण्ड नअपनाई हिँडडुल गर्ने क्रम नरोकिएपछि सर्वसाधारणको टिप्पणी बढेको थियो । आजदेखि जारी भएको पूर्ण निषेधाज्ञाको अवधिमा तोकिएका क्षेत्रमा अनावश्यकरूपमा कोही निस्के सुरक्षार्मीले तत्काल नियन्त्रणमा लिई बिना मोलाहिजा कारवाही गर्ने प्रजिअ भट्टराईले जानकारी दिनुभयो ।

यसैबीच जिल्लाको सुदूर–उत्तरवर्ती बर्दिबास नगरपालिकाले पनि आजदेखि नै लागू हुने गरी तोकिएका क्षेत्रबाहेकका सबै सेवा पूर्णरूपले बन्द गर्ने निर्णय गरेको छ । आजदेखि वैशाख ३१ गते मध्यरातसम्मका लागि जारी गरिएको सूचनामा अस्पताल ९स्वास्थ्यसम्बन्धी सेवा०, दमकल, एम्बुलेन्स, सुरक्षा निकाय ९नगर प्रहरीसहित० र भूमिसम्बन्धी समस्या समाधान आयोगको लगत प्रविष्ट एवं नाप÷जाँचबाहेकका सबै सेवा बन्द राख्न अपिल गरिएको छ । नयाँ भेरियन्टसहितको कोरोना भाइरस फैलँदै गएपछि यसको रोकथाम र नियन्त्रणका लागि यो कदम चाल्नुपरेको नगरप्रमुख विदुरकुमार कार्कीले जनाउनुभएको छ ।

कोभिड–१९ सङ्क्रमण बढ्दै जाँदा यसको रोकथाम, नियन्त्रणका लागि सबै स्थानीय तहले पहलकदमी बढाउन आवश्यक रहेको स्वास्थ्यकर्मीले सुझाएका छन् । यसका लागि क्वारेन्टिन केन्द्र र आइसोलेशनको व्यवस्थापन, पिसिआर परीक्षण र उपचार प्रबन्ध एवं गरिब र असहायको छनोट गरी खानपिनको चाँजो मिलाउन स्थानीय तहले पहलकदमी लिनुपर्ने स्वास्थ्य क्षेत्रको लामो सरकारी सेवाबाट अवकाश लिनुभएका बर्दिबास–१ का बासिन्दा स्वास्थ्यकर्मी राधेश्याम झाको सुझाव छ ।

यसबीचमा जिल्लाको गौशाला नगरपालिकाले १५ शय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ भने बर्दिबास नगरपालिकाले ५० शय्याको आइसोलेशन कक्ष दुई दिनभित्रै सञ्चालन गर्ने गरी तयारी गरिएको जनाएको छ । जिल्लाका अन्य स्थानीय तहले पनि आवश्यक पहलकदमी बढाउन आवश्यक रहेको स्वास्थ्यकर्मी औँल्याउँछन् । जिल्लामा १०नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तह छन् । भारतसँग सीमा जोडिएको ३८ किलोमिटर दूरीभित्र छ स्थानीय तह भारतसँग जोडिएका छन् । ती स्थानीय तहको भूमिका अझ बढी हुनुपर्ने झाको भनाइ छ ।