काठमाडौं । गायक प्रकाश सपूत र उनका भाई तथा कलाकार देबेन्द्र बब्लू कोरोना संक्रमणमुक्त भएका छन् ।
उनले सबैको शुभेच्छा र आफूहरुको आत्मबलले कोरोना जितेको सामाजिक सञ्जालमार्फत जनाएका छन् ।
प्रकाशले सतकर्ता अपनाएर संक्रमितलाई हौसला र आत्मबल प्रदान गर्न साथै सुरक्षित र सकारात्मक रहन आग्रह समेत गरेका छन् । बैशाख १६ गते कोरोना सक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसेका थिए ।
अहिले प्रकाशकी आमा पनि कोरोना संक्रमित छिन् । आमा बलियो आत्मविश्वासका साथ कोरोनासंग जुधिरहेको र छिट्टै कोरोनालाई जित्नेमा प्रकाश विश्वस्त छन् ।











