तनहुँ । मुग्लिन–आँबुखैरेनी सडकखण्डमा गए राति ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । उक्त सडक खण्डमा पर्ने आँबुखैरेनी गाउँपालिका ४ पावरहाउस नजिकै आपचौरको घुम्तिबाट ना ३ ख ९९७३ नम्बरको मालवाहक ट्रक मस्र्याङ्दी नदीमा खसी दुर्घटना हुन पुगेको थियो ।
ट्रक सडकबाट करिब २ सय मिटर तल मस्र्याङदीमा खसेको बताइएको छ ।
उक्त दुर्घटनामा परि मृत्यु हुनेमा ट्रक चालक गलकोट नगरपालिका ८ बाग्लुङका ३८ वर्षिय जय कंडेल र सहचालक उनका भाइ मीन कंडेल रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि मृत्यु भएकाको शव प्रहरीले नदीबाट निकाली पोष्टमार्टमको लागि दमौली पठाईएको पठाइएको पनि प्रहरीले जनाएको छ ।











