२३ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार ४८३ जनामा कोरोना पुष्टि, २२५ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ९ हजार ४८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा २० हजार ५९६ पीसीआर परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख १३ हजार १११ पुगेको छ । त्यस्तै कोरोना संक्रमणबाट २२५ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ प्गेको छ ।  

मन्त्रालयले निको हुनेको संख्या ५ हजार २२५ जना पुगेको छ भने हालसम्मको निको हुनेको संख्या ३ लाख १२ हजार १९ पुगेको जनाएको छ ।