काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ हजार भन्दा बढी कोरोना संक्रमित निको भएका छन्।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको तथ्यांकका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार २२५ जना कोरोना संक्रमित निको भएका छन्।
योसँगै नेपालका कोरोना निको हुनेको संख्या ३ लाख १२ हजार १९ जना पुगेको छ। यो दर कुल संक्रमितको ७५ दशमलब ५ प्रतिशत हो ।











