२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया

२७ सांसदको काँधमा नेपाल, नेपालको काँधमा देउवा, तर दुबै धरापमा !

२७ सांसदको काँधमा नेपाल, नेपालको काँधमा देउवा, तर दुबै धरापमा !
अ अ+ अ-

काठमाडौ । नयाँ सरकारको बाटो खोज्दै गर्दा २७ भाईको काधमा रहनुभएका नेकपा एमालेका नेता माधव नेपाल र उहाँको काधमा बस्नुभएको छ शेरबहादुर देउवा । प्रधानमन्त्रीका लागि भित्रैदेखि उत्साहित नहुनु भएका देउवा यतिबेला पार्टीभित्रका प्रतिपक्ष र अरु केही बिपक्षीको चित्त बुझाउनका लागि मात्र अगाडि सर्नुभएको जस्तो देखिएको छ । 

बहुमतको सरकार गठन गर्न राष्ट्रपति बिद्यादेबी भण्डारीले समय सीमा तोकेको भोलिपल्ट मंगलबार आफनै निबासमा पार्टीका नेताहरुलाई बोलाउनुभयो र उनीहरुलाई आमने सामने राखेर भन्नुभयो– बहुमतको सरकार बनाउन कहाँ त्यति सजिलो छ र ? गाह्रो छ, गाह्रो छ ! माधव नेपाल समूहले पनि राजीनामा गरेनन् महन्थजीहरुले समर्थन नगर्ने भनिसके खै कसरी बहुतम पुग्छ र ? 

२७ सासंदको काधमा रहनु भएका नेपाललाई पछिल्ला दिन केही सांसदहरुले बोक्दा बोक्दा काँध गलेको भन्दै कुनबेला लत्रक्क छाड्ने हुन् भन्ने शंशय पैदा गराएको छ । आफूसँग रहेको भनिएका आठ सांसद प्रधानमन्त्री ओलीको पक्षमा मत हाल्न गएपछि नेपालले केही सांसदलाई छाडेर अरु लाई शंका गर्न थाल्नुभएको छ । 

जसका कारण उहाँ निकट भएर काम गर्दै आएका केही नेताले पछिल्ला दिन सुराकीको उपाधी समेत पाएका छन् । सोमबार राजीनामाका बारेमा छलफल गर्न सिंहदरबार भेला भएका बखत प्रभावशाली नेताहरुले राजीनामाका बारेमा पुनः बिचार गर्ने हो कि भन्दा ओलीको सुरकी भन्दै शंका गरेको एक नेताले न्यूजपालोरलाई बताएका थिए । 

आजसम्म आफनो समूहका रहेका २८ सांसदमध्ये राजीनामा गराउन नसकेपछि उता शेरबहादु देउवा पनि नेपालसँंग शसंकित हुनु भएको छ । २८ सासदमध्ये झण्डै दुई तिहाई सांसद राजीनामा गर्न तयार नभएपछि नेपाल यतिबेला निकै अप्ठारोमा पर्नुभएको छ । 

राजनीतिक जीवनको जीवन मरणको सबाल बनाएर अध्यक्ष ओलीलाई पदच्यूच गर्न लाग्नुभएका नेपाललाई अरु सहकर्मीले पनि साथ छाड्दैन भन्ने आँलकन गरिसक्नु भएको छ । खासगरेर एमालेका तेश्रो पुस्ता भनिने तथा नेपाल समूहका दोश्रो पुस्ता भनिने नेताहरुसँग पछिल्ला दिन नेपालको दुरी बढेको छ । 

उनीहरुको गुनासो छ– भीम रावलको अगाडि नेता नेपाल निरीहजस्तो देखिनु भएको छ अरुका कुरा भन्दा पनि रावलजीको कुरा बढी मान्नुहुन्छ त्यसले अचेल उपस्थित भए पनि सल्लाह भने खासै हुदैन ।  नेता रावलले पटक पटकको छलफलमा नयाँ पार्टीका लागि आवश्यक पर्ने सबै कागजपत्र तयारी गरिसकेको जानकारी गराउदै छिटो भन्दा छिटो पार्टी गठन गर्न जोड दिँदै आएपछि अरु नेता हच्किएका हुन् । 

जसका कारण पछिल्ला दिनमा सामाजिक सञ्जालमा निकै सक्रिय हुने नेताहरुले पार्टीभित्रको अवस्था वा राजनीतिक विषयमा कमै मात्रमा लेख्ने गरेका छन् । सोमबार संसदमा अनुपस्थित हुने निर्णय गरेका नेपालपक्षका नेताले ओली पक्षका नेताहरु सम्बाद गर्दे ह्विप उल्लंघन गरेको आरोपमा कारबाही नगर्न र आफुहरुले राजीनामा नदिने प्रष्ट पारेका थिए । 

जसका कारण नै अध्यक्ष ओलीले पार्टी निर्देशन उल्लंघन गर्नेहरुमाथि कुनै आक्रामक टिप्पणी समेत गर्नुभएको छैन । यसअघि कर्णालीमा पार्टीको निर्देशन उल्लंघन गर्ने सांसदहरु तत्काल कारबाहीमा परेका थिए । नेपाल समूह ओलीलाई संसदमा अल्पमतमा पार्न निर्णायक भएपनि एमालेमै रहेर शेरबहादुर देउवालाई बहुमत प्रधानमन्त्री बनाउन सक्ने अबस्थामा छैनन । 

राजीनमा गरी सांसदको संख्या कम बनाई बहुमत पुर्याईदिने बाटो पनि त्यत्ति सहज छैन किनकी उहाँका लागि २७ सांसद नै राजीनामाका लागि तयार भएका छैनन । राष्ट्रपतिले दिएको समय घर्कंदै जाँदा शेरबहादुर देउवाको चेपाईका कारण नेपालले बिकल्प दिन नसक्दा फेरि पनि धकेलेर डीलमा पुर्याएका ओली फुत्त उफ्रेर पारी पुगेको अबस्था फेरि ओलीलै प्रधानमन्त्री भए नेपालमाथि झनै राजनीतिक संकट थपिने निश्चित छ ।  त्यसबेला उहाँमाथी देउवा तथा दाहाल दुबैको विश्वास फेरि पनि गुम्न सक्छ ।

अबस्था यस्तो आउन सक्छ फाल्गनु २८ गते सर्बोच्च अदालतले नेकपा एकतालाई बैधानिकता नदिएपछि आ आफनो बाटो लागेपछि पूर्ण एमाले हुन नसक्नु भएका नेपालले एक टेलिभिजन अन्तर्वार्तामा भने जस्तै के अब म राजनीतिक बाट सन्यास लिउँ ? वा पुस्तक लेखेर बसौँ मलाई विकल्प के त ?

आखिर यो काँध गल्ने काम मात्र होला जस्तो छ । २७ सांसदको काधमा नेपाल, नेपालको काधमा देउवा निरर्थक नै हुने देखिन्छ । किनभने यी दुवै काँध धरापमा देखिन्छन् । आजका मितिसम्म टेको कतैबाट आइलागेको छैन अनि टेको आए पनि राम्रोसँग लाग्नेवाला छैन । किनभने हिजो मधेशवादी र प्रचण्डको टेकोले कोही कतै दरिएको देखिएको छैन ।