५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘गदर २’ को साता कलेक्सन: ३ सय करोड नजिक



अ+ अ-

एजेन्सी । सनी देवल स्टारर फिल्म ‘गदर २’ ले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । गदर २’ ले रिलिजको पहिलो हप्तामै धेरै नयाँ रेकर्ड तोडेको छ । यो फिल्म अब ३ सय करोड कमाउन केही कदम मात्र टाढा छ । सातौं दिनको कमाईपछि ‘गदर २’ को बक्स अफिस कलेक्सनले २८३ करोड नाघेको छ ।

रिलिज भएको एक साता बितिसक्दा पनि भारतमा ‘गदर २’ का धेरै शो हाउसफुल भइरहेका छन् । समीक्षक र दर्शकहरुले पनि राम्रो प्रतिक्रिया दिईरहेका छन् । पहिलो दिन ४० करोडभन्दा बढीको व्यापार गरेको गदर २ ले सातौं दिन करिब २२ करोड कलेक्सन गरेको छ । ‘गदर २’ को पहिलो हप्ताको कुल कलेक्सन २८३.३५ करोड पुगेको छ ।

‘गदर २’ बन्यो सन् २०२३ को दोस्रो सर्वाधिक कमाउने फिल्म

शाहरुख खानको ‘पठान’पछि ‘गदर २’ ले बक्स अफिसमा सुनामी मच्चाएको छ । ‘गदर २’ ले भारतीय बक्स अफिसमा २०२३ को दोस्रो सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ। फिल्मले ‘द केरला स्टोरी’को लाइफटाइम कलेक्शनलाई समेत उछिनेको छ । उक्त फिल्म २३८ करोड कलेक्शनका साथ दोस्रो नम्बरमा रहेको थियो ।

शुक्रबारको कलेक्शनपछि ‘गदर २’ ले ३०० करोड क्लबमा सामेल हुने बताइएको छ । अनिल शर्माको निर्देशन रहेको यो फिल्म २००१ को गदरको सिक्वेल हो । फिल्ममा सनी देवलसँगै अमिशा पटेल, उत्कर्ष शर्मा, मनिष वधवा, गौरव चोपरा लगायतको भूमिका रहेको छ ।