२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी

मातृ दिवसको नरसंहार: अमेरिकामा बर्थ-डे पार्टीमा नबोलाएको भन्दै प्रेमिकासहित ५ जनाको हत्या

मातृ दिवसको नरसंहार: अमेरिकामा बर्थ-डे पार्टीमा नबोलाएको भन्दै प्रेमिकासहित ५ जनाको हत्या
अ अ+ अ-

एजेन्सी । अमेरिकाको कोलोराडोमा भएको एक जन्मोत्सव (बर्थडे पार्टी) मा गोलीबारी हुँदा ६ जनाको मृत्यु भएको छ। कोलोरोडोकामा बन्दुकधारीलाई जन्मोत्सवमा नबोलाएको रिसमा ६ जनाको हत्या गरिएको बिबिसीले जनाएको छ।

२८ वर्षीय टिओडोरो मासियासले आफ्नी २८ वर्षीया प्रेमिका स्यान्ड्रा इबार्रा पेरेज र उनका पाँच आफन्तको गोली हानेर हत्या गरेका हुन्। आफ्नी प्रेमिकासहित ६ जनाको हत्या गरेपछि मासियासले आफैंमाथि पनि गोली चलाएका थिए।

प्रहरीका अनुसार स्यान्ड्राका मृतक आफन्तहरू ३० वर्षीय मेल्भिन पेरेज, ५३ वर्षीय जोआना क्रुज, २१ वर्षीय जोस गुटाइरेज, ३२ वर्षीय मेरा पेरेज र जोस इबार्रा हुन्।  यो घटना कोलोराडोस्थित क्यान्टरबरी मोबाइल होमपार्कमा गत आइतबार भएको हो। पार्टीमा आएका तीन जना आफन्तमध्ये दुई जना मारिएका थिए।

प्रहरीका अनुसार बन्दुकधारी व्यक्ति र मृतकको परिवारबीच एक हप्ताअघि विवाद भएको थियो। कोलोराडो प्रहरी प्रमुख भिन्स निस्कीले मंगलबार पत्रकार सम्मेलन गर्दै भने, 'ती पुरूषलाई पारिवारिक जमघटमा बोलाइएन, त्यसपछि उनले गोली हाने।'

मासियास इबार्रा पेरेजसँग एक वर्षदेखि सम्बन्धमा थिए। उनको कुनै आपराधिक पृष्ठभूमि पनि नरहेको प्रहरीले जनाएको छ। पार्टीमै सहभागी तीन जना बाच्चाहरू छिमेकमा सामान लिन निस्किएका थिए। तर उनीहरू फर्किँदा घटना भइसकेको थियो। दुई, पाँच र ११ वर्षीय बालकहरू बच्न सफल भएका थिए। प्रहरीका अनुसार उनीहरूलाई कुनै चोट लागेको छैन। प्रहरीले घटनास्थलबाट १७ वटा गोलीका खोल बरामद गरेको छ।