२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी

राष्ट्रपति भवन शीतल निवास पुगेर महन्थ ठाकुरले के भने ?

राष्ट्रपति भवन शीतल निवास पुगेर महन्थ ठाकुरले के भने ?
अ अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गर्नुभएको छ । 

राष्ट्रपति भण्डारीले दुई वा दुई भन्दा बढी दलको सर्मथनमा सरकार गठन गर्न ३० वैशाखको साँझ ९ बजेसम्म समय दिँदै गर्दा उहाँहरूले शीतल निवास गएर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्नुभएको हो ।

उहाँहरु दुबैले जसपाको प्रथम अध्यक्ष ठाकुर भएको र निर्वाचन आयोगमा पनि प्रथम अध्यक्षकै हस्ताक्षर चल्ने भन्दै अरु कोही आए वैधता नदिन राष्ट्रपति समक्ष आग्रह गर्नुभएको स्रोतले बताएको छ ।

जसपाको अर्का पक्ष उपेन्द्र यादव बाबुराम समूह विपक्षी गठबन्धलाई सहयोग गर्नुपर्ने अडानमा छ । ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिँदा तटस्थ बसेको थियो भने अर्को पक्षले विपक्षमा मतदान गरेको थियो ।

शीतल निवास जानुअघि ठाकुर र महतोले बालुवाटारमा गएर प्रधानमन्त्री केपी ओलीसँग छलफल गर्नुभएको थियो । छलफलमा विपक्षी गठबन्धनलाई बहुमत पुग्न नदिने रणनीतिबारे छलफल भएको बताइएको छ ।