५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

टक्सार महाशाखालाई सीआईबीले पठायो सुन जोख्ने पत्र



फाईल फोटो
अ+ अ-

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाल राष्ट्र बैंकको टक्सार महाशाखालाई सुन जोख्ने पत्र पठाएको छ ।

सीआईबीले पत्र पठाएसँगै २७ दिन अघि सिनामङ्गलबाट समातिएको सुनको परिमाण जोख्ने प्रक्रिया अघि बढेको छ । सीआईबीबाट पत्र आएपछि प्रक्रिया अघि बढ्ने क्रममा रहे पनि राजश्व अनुसन्धान विभागको पत्रको पखाईमा रहेको महाशाखाले जनाएको छ ।

राजश्वबाट पनि पत्र आएपछि १०० किलो परिमाणमा रहेको भनिएको सुनको आधिकारिक परिमाण पत्ता लाग्ने बताइएको छ । यद्यपि महाशाखाका अनुसार यसका लागि एक हप्तासम्मको समय लाग्न सक्ने छ ।

महाशाखाले आजदेखि सुन जोख्ने र गाल्ने प्रक्रिया अघि बढेमा आगामी २ दिनसम्म सुन गाल्नै लाग्ने र त्यसपछिको समय सुन जोख्न लाग्ने जनाएको छ ।