२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति नै गठन गर्नु पर्छ: डा शेखर



file
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा शेखर कोइरालाले नेपाल अन्तर्राष्ट्रिय तस्करको अखडा बनिसकेको बताउनुभएको छ ।

कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकमा उहाँले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति नै गठन गर्नुपर्ने बताउनुभयो ।

एक हजार ४०० टन सुन खपत हुने भारतमा ९०० टन मात्र आयात हुने गरेको तथ्यांक प्रस्तुत गर्दै उहाँले भन्नुभयो, “४०० देखि ५०० टन सुन नेपालबाट जाँदैछ भन्ने बुझ्न जरुरुी छ ।”

प्रचण्डको सचिवालयमा काम गरेका व्यक्ति राजश्व अनुसन्धान विभागमा गएपछि सुन समातिएको भन्दै उहाँले भन्नुभयो, “त्यसपछिका घटनाहरु हेर्नुस्, के भइरहेको छ ? उहाँले के बोल्नुभयो र? सीआईबीलाई किन दिनुपर्‍यो, हामी नै सक्षम छौँ भनेको बिर्सिनुभयो ?”

नेकपा एमालेले किन उच्चस्तरीय छानबिन समिति गठनको माग गरिरहेको छ भनेर कहिल्यै नसोचेको प्रति नेता कोइरालाले प्रश्न गर्दै भन्नुभयो, “नेपाललाई तस्करको अखडाबाट बन्द गर्न यो जरुरी छ ।”

प्रतिशोधको भावनाले पार्टीका नेतालाई अपहरणको शैलीमा पक्राउ गरेको भन्दै उहाँले असन्तुष्टि जनाउनुभयो ।

आदिवासी जनजाति दिवसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘माओवादीलाई भोट दिनुस्, जातीय राज्य दिन्छौँ’ भनेको भन्दै उहाँले यसमा पार्टीले खेद प्रकट गर्नुपर्ने माग गर्नुभयो ।




भर्खरै