२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद शर्मालाई प्रतिशोधको भावनाले पक्राउ गरियो, गृहमन्त्रीले संसदमा जवाफ दिनुपर्छ– काँग्रेस सांसद



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद श्याम घिमिरेले पार्टीका सांसद डा. सुनिल शर्मालाई प्रतिशोधको भावनाले पक्राउ गरिएको बताउनुभएको छ ।

शुक्रवार संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सुन तस्करी प्रकरणमा मन्त्रीहरुको राजीनामा मागेको प्रतिशोधमा डा. शर्मालाई पक्राउ गरिएको र यसबारेमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदमा जवाफ दिनुपर्ने बताउनु भयो । उहाँले संसद चलिरहेको बेलामा सांसदलाई पक्राउ गर्न नमिल्ने भन्दै अनुसन्धानका लागि बयान लिने बाटो रोज्न सक्नेमा त्यसो नगरी गिरफ्तार गर्नुले प्रतिशोध साँधेको स्पष्ट हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘डा. सुनिल शर्माको गिरफ्तारीको विषय उठेको छ । सबै सांसदहरुले उक्त विषय गम्भीरतापूर्वक लिन आग्रह गर्नुभयो । सामान्य केसमा यसरी संसद च्लिरहेको बेलामा यसरी सांसदलाई पक्राउ गर्नु एक प्रकारको गैरकानूनी काम हो । गैरसंसदीय अभ्यास पनि हो । उहाँले यसभन्दा अघि केही मन्त्रीको राजीनामा माग्नुभयो, त्यही अभिव्यक्तिलाई लिएर पक्राउ गरिएको हो भन्ने यो प्रतिशोध प्रधानमन्त्री, गृहमन्त्री हुनुहुन्छ, उहाँले संसदमा यो जवाफ दिनुपर्ने थियो ।’

‘कसले गरेको हो, किन गरियो ? यो भन्दाअघि पनि अप्रेशन चलाइएको थियो, केही मानिसलाई धरौटीमा छोडियो, सबै छुटे पछि । संसद चलिरहेको बेलामा सांसदलाई यसरी गिरफ्तार गर्नुपर्ने बाध्यता किन भयो ? यसका लागि कानूनी अन्य बाटो हुनसक्थे, बयान हुनसक्थ्यो । अरु बाटो हुनसक्थे तर उहाँलाई प्रतिशोधको भावनाले पक्राउ गरियो । यसको जवाफ गृहमन्त्रीले दिनुपर्छ ।’

सांसद घिमिरेले सांसदलाई संसद चलिरहेको बेलामा पक्राउ गर्नु गैरसंसदीय अभ्यास भएको बताउनु भयो ।