४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा

३४ करोड खर्चेर तयार पारिएको बागलुङ नगर खानेपानी आयोजना अधुरै

३४ करोड खर्चेर तयार पारिएको बागलुङ नगर खानेपानी आयोजना अधुरै
अ+ अ-

गलकोट । रु ३४ करोड खर्चेर तयार पारिएको बागलुङ नगर बृहत् लिफ्ट खानेपानी आयोजनाको पाइप लाइन छ पटकसम्म फुस्कियो । क्रङ्किटको पोलमा राखेर पाइप लाइन विस्तार गरे पनि खानेपानीको चाप धान्न नसकेर क्रङ्क्रिटको पोलसहित पाइप फुस्किँदा आयोजनाको डिजाइनमै त्रुटि रहेको पाइएको छ ।

पाँच वर्षअघिदेखि सुरु भएको आयोजनाको बल्ल ९० प्रतिशत काम सम्पन्न भएको छ भने परीक्षणमै समस्या देखिएको हो । अन्तिम चरणमा लिफ्ट आयोजना पुग्दा बागलुङ बजारवासीले सहज ढङ्गले खानेपानी पाइने भयो भन्ने आशामा थिए । तर भौगोलिक अवस्थाका कारण परीक्षणका लागि काठेखोलाको पानी लिफ्टमार्फत तान्दा विभिन्न छ स्थानमा पाइप फुस्किएको छ । परीक्षण नै असफल भएपछि अहिले खानेपानीको पाइप लाइनको विषयमा विज्ञ समूहले अध्ययन गरिरहेको पाइएको छ ।

पटक–पटक म्याद थपेर सम्पन्नताको चरणमा पुगेको खानेपानी आयोजनाको पाइप फुस्कने समस्याले आयोजनाको पाइप लाइनको डिजाइनमै समस्या देखिएको छ । खानेपानी आयोजनाको पाइप लाइनको डिजाइनमा अहिले राखिएको पाइप उपयुक्त नभएको भन्दै आफूले पटक–पटक आवाज उठाउँदासमेत सुनुवाइ नभएको स्थानीय रुद्र महतले बताउनुभयो । आयोजनामा अहिले डिआइ पाइप प्रयोग गरिएको छ जुन पानी तान्ने क्रममा पटक–पटक वासरबाट कङ्क्रिटको पोलसहित फुस्केको नगर खानेपानी तथा उपभोक्ता संस्थाले जनाएको छ । बागलुङ नगरपालिका–३ स्थित काठेखोलाको पानी कैलाम पोखरीबाट दुई सय ५० मिटरमाथि रातामाटामा पुर्याउने गरी आयोजना अन्तिम चरणमा पुगे पनि पाइप लाइनमा त्रुटि देखिँदा आयोजना थप अन्योल बनेको छ ।

बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका प्रबन्धक हिमालप्रसाद शर्माले निरन्तर पहिरो खसिरहने भूगोलमा डिआइ पाइप उपयुक्त नहुने उल्लेख गर्दै पाइप खरिद गर्नुभन्दा पहिला खानेपानी तथा ढल विभागमै पत्र पठाएको बताउनुभयो । हाल खानेपानी ल्याइरहेको मुहानको खानेपानीमा समेत उक्त पाइप पटक–पटक फुस्केर दु:ख दिइराखेको अनुभव रहेको र लिफ्ट आयोजनाको उक्त पाइप परिवर्तन नभए मर्मतसम्भार गर्नसमेत पछि समस्या पर्ने उहाँ बताउनुहुन्छ ।

“लिफ्ट आयोजना सम्पन्नताको चरणमा पुगिसकेको थियो, परीक्षणका लागि पानी सञ्चालनसमेत गर्यो, लिफ्ट चलाएको पाँच–दश मिनेटमै पाइप लाइन जोडेको स्थानबाट वासरसहित फुस्किएर क्रङ्क्रिटको पोल नै भत्काउँछ”, शर्माले भन्नुभयो, “छ पटकसम्म पाइप फुस्केपछि हामीले पूर्वानुमान गरेजस्तै भयो, हाम्रो माग स्टिल पाइप थियो तर डिजाइनमा भएको पाइप निर्माण व्यवसायीले हाल्नुभयो, अहिले उक्त पाइप लाइनबाट पानी चल्न छोड्यो ।”

उपभोक्ता संस्थाको तदर्थ समितिका अध्यक्ष जयराम भारीले डिआइ पाइप पटक–पटक फुस्केका कारण वैकल्पिकरूपमा सानो जिआइ पाइप जोडेर खानेपानी रातमाटा पुर्याइएको जानकारी दिनुभयो । बागलुङकै ठूलो लिफ्ट आयोजनाका रूपमा रहेको बागलुङ नगर बृहत् लिफ्ट आयोजनाको सम्पन्न हुने समयमा पाइप लाइनमा त्रुटि देखिँदा आम उपभोक्तामा पुन: निराशा छाएकाले वैकल्पिकरूपमा सानो पाइपबाट भए पनि पानी वितरण गर्न थालेको भारीले जानकारी दिनुभयो ।

विसं २०७५ असार ३१ गते कन्काइ जयमाता जेभीले २०७७ सालमा निर्माण सक्ने गरी रु ३० करोड २६ लाख ५१ हजार लागतमा ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीले चारपटक म्याद थप्दासमेत आयोजनास्थलको भौगोलिक कठिनाइ र कोरोना त्रासका कारण निर्माणमा ढिलाइ भएकोे दाबी गर्दै आएको छ । लिफ्ट आयोजनाको लागत अहिले बढेर रु ३४ करोड ५६ लाख पुगेको निर्माण व्यवसायीतर्फका इन्जिनियर विक्रम अधिकारीले बताउनुभयो । अधिकारीले विभागले दिएको डिजाइनअनुसार काम सम्पन्न गर्नेतर्फ पुग्दासमेत पाइप लाइन पटक–पटक फुस्किँदा पानी माथि पुर्याउन नसकिएको बताउनुभयो ।

“निर्माण व्यवसायीले विभागले दिएको डिजाइनअनुसार खानेपानी आयोजना निर्माण गर्ने हो, हामीले खानेपानीको प्रशोधन कक्ष, विद्युतीय जडान र खानेपानी ट्याङ्कीसहित पाइप लाइनसमेत विस्तार गरिसकेका थियौँ” उहाँले भन्नुभयो, “परीक्षणका क्रममा पटक–पटक खानेपानीको फाइप लाइन फुस्किएर पानी तान्न सकेन, विभागले समस्याको विषयमा अध्ययन गर्न पठाएको थियो, आयोजना निर्माण भइसकेको छैन, निर्माण व्यवसायीले डिजाइनमा दिइएको पाइप जडान गरेका थियौँ तर पाइप लाइनमा समस्या देखियो, अध्ययन प्रतिवेदन र विभागको सुझाव आएपछि काम अगाडि बढ्छ ।”

सङ्घीय खानेपानी तथा ढल व्यवस्था आयोजना कार्यालय म्याग्दीका सूचना अधिकारी इन्जिनियर नवीन सुवेदीले लिफ्ट खानेपानी आयोजनाको पाइप लाइनमा देखिएको समस्याका विषयमा अध्ययन भइरहेको बताउनुभयो । उहाँले विभागले विज्ञ समूहलाई खानेपानीको पाइप लाइन र भौगोलिक अवस्थाको अध्ययन गर्न दुई हप्ताअघि पठाएको बताउनुभयो । विभागले खटाएको विज्ञ समूहले तयार पारेको प्रतिवेदनअनुसार मुख्य समस्या थाहा हुने उहाँले बताउनुभयो । तत्कालै आयोजनाको काम अगाडि नबढ्दा उपभोक्तालाई पानी पुर्याउन वैकल्पिक व्यवस्था खानेपानी तथा सरसफाइ उपभोक्ताले गरेको छ । उक्त आयोजनाको ८८ प्रतिशत वित्तीय र ९० प्रतिशत भौतिक प्रगति रहेको छ । रासस