२४ श्रावण २०८३, आईतवार
,
Latest
सबै समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा संयोजक दाहालको जोड कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन पूर्णरूपमा सञ्चालन सरकार बाटोबाट विचलित भए रास्वपाले हस्तक्षेप गर्छ : रवि लामिछाने ‘सिठी फुकेर मात्रै ट्राफिक व्यवस्थापन सम्भव छैन, फेसलेस ट्राफिकमा जानुपर्छ’ सरकारको चार महिने कार्यसम्पादनमा स्पष्ट छनक देखिनुपर्थ्यो तर मुलुकलाई सुरक्षित गन्तव्यमा पुर्‍याउने जिम्मा हाम्रो हो-रवि… सुनको मूल्य तोलामा चार हजार आठ सयले वृद्धि सुशासन कायम गर्दै नागरिकमा राज्यप्रति विश्वास जगाउनु अहिलेको मुख्य उपलब्धि : हरि ढकाल अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य र शिक्षामा पहुँच बढाउँदै तेह्रथुम ट्राफिक प्रहरीलाई गजुरेलको निर्देशनः ‘बोलीमा शुद्धता, व्यवहारमा नम्रता र आर्थिक अनुशासन कायम गरौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालबाट चोरिएका ४० वटा काठका कलाकृति अमेरिकाबाट फिर्ता ल्याईदै



अ+ अ-

काठमाडौं । नेपालबाट चोरी गरेर अमेरिका पुर्याइएका ४० वटा काठका कलाकृति फिर्ता ल्याइएको छ ।

प्राचीन कलाकृति १९ / २० औं शताब्दीका भएको जनाईएको छ । अमेरिका स्थित नेपाली दूतावासले अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको एचएसआईबाट प्राप्त गरेका ४० वटा काठका कलाकृति नेपाल पठाएको हो ।

यो पनि पढ्नुहोस५० वर्षअघि चोरी भएका १२ सय वर्ष पुराना मूर्ति नेपाल फर्काइयो

नेपालबाट गैरकानूनी रूपमा निर्यात गरिएका कलाकृतिहरू अगस्ट २०१० मा अमेरिकी सरकारको सीबीपीले हवाईमा जफत गरेको थियो । सरकारले सन् २०११ मा यी कलाकृतिहरु फिर्ता गर्न अमेरिकी सरकारलाई अनुरोध गरेको भएपनि झण्डै १२ बर्षपछि यी कलाकृतिहरु फिर्ता भएको हो ।

क्यालिफोर्नियाका अबैतनिक महावाणिज्यदूत ऋषि ढकालको पहलमा कतार एयरवेजले कार्गोले यी कलाकृतिहरूलाई काठमाडौं ल्याउदै छ । दूताबसले नेपालका हराएका र चोरिएका सम्पदाको पुन:प्राप्ति र फिर्ता ल्याउने अभियानमा नेपाल सरकारका, होमल्याण्ड सेक्युरिटी विभागको होमल्याण्ड सेक्युरिटी इन्भेष्टिेशेन, अमेरिकी विदेश मन्त्रालय, सीबीपी, अनुसन्धानकर्ताहरू, अभियानकर्ताहरू, संञ्चारक्षेत्र लगायत लगायत सबैलाई धन्यवाद दिएको छ ।अप्रिल २०२२ देखि हालसम्म ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्वका ४७ वटा कलाकृति नेपाल फिर्ता पठाइसकेको छ ।

महावाणिज्यदूत ढकालले भातृभूमीको सम्पदाहरु पुन स्वदेशमा फिर्ता गर्न पाउदा देशका लागि केही योगदान गरेको अनुभूति भएको बताउनु भयो ।