७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनील शर्मा पक्राउसम्बन्धी पत्र बोकेर संसद सचिवालय पुग्यो सीआईबी



अ+ अ-

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सांसद सुनील शर्मा पक्राउ परेका बारे संसद सचिवालयलाई जानकारी गराउन लागेको छ ।

शर्मालाई पक्राउ गरिएको बारे जानकारी समेटिएको पत्र बोकेर सीआईबीका एसपी नवराज अधिकारी संसद सचिवालय पुगेका हुन् ।

नेपालको संविधानको धारा १०३ को उपधारा ६ मा फौजदारी कसुरमा कुनै सांसद पक्राउ परेमा वा पक्राउ पर्ने वित्तिकै त्यससम्बन्धी जानकारी सदनको अध्यक्षलाई दिनुपर्ने प्रावधान रहेको छ ।

बिहीबार सीआईबीले मोरङ–३ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद शर्मालाई शैक्षिक प्रमाणपत्र कीर्तेसम्बन्धी विषयमा नियन्त्रणमा लिएको हो । उनीसहित सो अभियोगमा तीन जनालाई पक्राउ गरेको छ ।