४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित

जातिय विद्वेष फैलिएमा देशको अस्तित्व समाप्त हुन्छ: अध्यक्ष ओली

जातिय विद्वेष फैलिएमा देशको अस्तित्व समाप्त हुन्छ: अध्यक्ष ओली
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जातको आधारमा विद्वेष फैलिएमा देशको अस्तित्व समाप्त हुने बताउनुभएको छ ।

बिहीवार २९ औँ विश्व आदिवासी दिवसको अवसरमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो ।

उहाँले नेपालीहरुका बीचमा जातका आधारमा आपसी विद्वेष र घृणा फैलिएमा देशको अस्तित्व समाप्त हुने बताउनु भयो । उहाँले नेपालमा जातिय विविधता रहेको भन्दै सामाजिक सद्भाव र समानतामा आधारित राष्ट्रिय एकताले मात्रै देशको रक्षा हुने बताउनु भयो । उहाँले पहिचानको मुद्दा देशको हितका लागि हुनुपर्ने बताउनु भयो । उहाँले पहिचानको मुद्दाले देशमा समस्या खडा गर्नु नहुने बताउनु भयो । अध्यक्ष ओलीले नेपालमा पहिचानको मुद्दा समानता र सद्भावका लागि भएको बताउनु भयो । पहिचानको मुद्दा आपसी मित्रता बढाउनका लागि र प्रेम फैलाउनका लागि भएको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘एउटा कुरा म साथीहरुलाई के भन्न चाहन्छु भने यदी कुनैपनि हिसावले हामीलाई जातका आधारमा केहीका नाममा सेन्टिमेन्टल बनाएर, भावनामा बगाएर कसैले हामीबिचमा विद्धेष, घृणा र फाटो ल्याउन सफल भयो भने हाम्रो देशको अस्तित्व समाप्त हुन्छ । त्यतिबेला हाम्रो देश जोगिँदैन । जोगाउन सकिदैन । हाम्रो विविधता छ । यो यथार्थ हो । यो विविधतामा सामाजिक सद्भाव र समानतामा आधारित राष्ट्रिय एकताले मात्रै देशको रक्षा हुन्छ । देशको विकास हुन्छ । देश अगाडी बढ्छ । देश आधुनिक हुन्छ र समृद्ध नेपाल सुखि नेपाली हामी बनाउन सक्छौँ ।

समृद्ध नेपाल सुखि नेपाली भनेको सबै जाति, भाषा, संस्कृतिका सबै भुगोलमा बस्ने सबै व्यवसायका जनताको कुरा हो । पहिचानलाई विकृत रुपमा हामीले लिनु हुँदैन । पहिचान सकारात्मक ढंगले लिनुपर्छ । पहिचान देशका हितमा हुनुपर्दछ । देशको हीतका लागि पहिचान हो । आफ्नो पहिचान देशमा समस्या खडा गर्नका लागि हाम्रो पहिचानको मुद्दा हो र ? हाम्रो पहिचानको मुद्दा समस्या समाधान गर्नका लागि हो । समानताका लागि हो । सद्भावका लागि हो हाम्रो पहिचानको मुद्दा । विभेदका लागि पनि होइन । असमानताका लागि पनि होइन । र विद्वेषका लागि हुँदै होइन । पहिचानको मुद्दा घृणा फैलाउनका लागि होइन । विद्वेषका लागि होइन । मित्रता बढाउनका लागि हो । प्रेम फैलाउनका लागि हो । त्यसकारण यस दिशामा अगाडी बढौँ भन्ने म साथीहरुलाई आग्रह गर्न चाहन्छु ।’

अध्यक्ष ओलीले राज्य कुनै एउटा धर्म र जात विशेषको नभएको भन्दै त्यसकारण देशलाई धर्म निरपेक्ष बनाइएको बताउनु भयो । उहाँले देशको नाम ‘नेपाल’ पनि कुनै जात विशेषको नभएको उल्लेख गर्दै प्रदेशहरुको नाम पनि साझा भुगोल, संस्कृति र नदीनालाको नामबाट राखिएको बताउनु भयो । उहाँले प्रदेशहरुको नामाकरण साझा रुपमा राखिएको भन्दै यसले कसैलाई अपमान, थिचोमिचो वा नहोच्याउने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘हामीले धर्म निरपेक्ष किन भन्यौँ ? राज्य एउटा जाति विशेषको होइन यो । सम्पूर्ण नेपालीको राज्य हो । एउटा नश्ल विशेषको, एउटा वर्ण विशेषको, एउटा भुगोल विशेषको होइन । राज्य सबै नेपालीको हो । सिंगो नेपाल, सिंगो नेपालीको राज्य हो यो । त्यसकारण यहाँ एउटा धर्मको राज्य भन्नेकुरा हुँदैन । एउटा धर्मको राष्ट्र भन्नेकुरा हुँदैन । राज्य निष्पक्ष हुन्छ । त्यहाँ विभिन्न धर्म मान्ने मान्छेहरु हुन्छन् । विभिन्न जातका मान्छेहरु हुन्छन् । राज्य सबैका समान समानता दिन र समान रुपमा सेवा गर्न राज्य बनेको हुनुपर्छ । काम गरेको हुनुपर्छ र गर्छ । त्यसअर्थ राज्य कुनै एउटा धर्म विशेषको, जात विशेषको होइन ।

त्यसकारण हामीले देशको नाम पनि नेपाल राखेका छौँ । जाति विशेषका होइन । हाम्रा प्रदेशका नामहरु पनि हामीले साझा, भुगोल आधारित, नदीनाला आधारित । गण्डकी, कर्णाली, कोशि प्रदेश, वागमती प्रदेश खोलाको नामबाट राखेका छौँ । सुदूरपश्चिम साझा भुगोलका नाममा राखेका छौँ । मधेस प्रदेश साझा भुगोलका नाममा राखिएको छ । लुम्बिनी प्रदेश साझा भुगोलकै नाममा, भुगोलबाट चिनिएको, संस्कृतिसँग पहिचान भएको त्यस्तो खालको नाममा राखेका छौँ । जो साझा नाम हो । यसमा हामी कुनै, कसैलाई अपमान गर्ने, थिचोमिचो गर्ने, हेप्ने, होच्याउने भन्ने प्रश्न नै उठ्दैन । सबैका लागि साझा ढंगले हामी चलेका छौँ । यसकारण नेकपा(एमाले)ले जहिल्यै पनि समान हक, अधिकारको लागि लडेको छ भने, राष्ट्रिय एकताको पक्षमा उभिएको छ भने हामीले त्यसमा गर्व गर्नुपर्छ ।’

उहाँले अन्य देशका तुलनामा नेपालमा आदिवासी, जनजाति र दलित समुदायले अधिकारको क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरेका बताउनु भयो । उहाँले एमालेले स्थापनाकालदेखि नै सामाजिक न्याय र समानताका लागि कुरा उठाएको उल्लेख गर्दै आफुहरु सबैलाई अधिकारसम्पन्न बनाउने पक्षमा रहेको बताउनु भयो ।