४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित

प्रचण्डप्रति उपाध्यक्ष नेम्वाङको कटाक्ष: एमालेले शर्तबन्दी गर्दैन

प्रचण्डप्रति उपाध्यक्ष नेम्वाङको कटाक्ष: एमालेले शर्तबन्दी गर्दैन
file
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष सुवाषचन्द्र नेम्वाङले कोशी प्रदेशको नाम परिवर्तन गर्नका लागि पार्टीले कुनै शर्तबन्दी नगर्ने बताउनुभएको छ ।

बिहीवार २९ औँ विश्व आदिवासी दिवसको अवसरमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले च्यासलमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष नेम्वाङले कोशी प्रदेशको नाम परिवर्तनमा एमालेको कुनै शर्तबन्दी नहुने बताउनुभएको हो ।

बुधवार प्रधानमन्त्री पुष्ककमल दाहालले आदिवासी जनजातिको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कोशी प्रदेशको नाम परिवर्तन्का लागि २०८४ सालमा निर्वाचन जिताए पहिचानको आधारमा प्रदेशको नामकारण गर्ने उद्घोष गर्नुभएको थियो । प्रधानमन्त्रीको सोही अभिव्यक्तिलाई लिएर कोही प्रदेशको नाम परिवर्तनका लागि एमालेले शर्तबन्दी नगर्ने बताउनुभएको हो । उहाँले एमाले देशको विविध जाति, भाषा, धर्म र संस्कृतिका जनताका हीतमा सधैँभरी दृढतापूर्वक उभिने बताउनु भयो ।

उहाँले एमालेको नेतृत्वमा देशमा धर्म निरपेक्षता घोषणा भएको र आइएलओ महासन्धिपनि आफूहरुकै नेतृत्वमा नेपालमा अनुमोदन भएको उल्लेख गर्नुभयो । उहाँले आफूहरुकै नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समावेशितासहितको समाजवादउन्मुख संविधान जारी भएको भन्दै यसबाट पनि एमाले आदिवासी जनताको पक्षमा रहेको स्पष्ट हुने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हिजो अस्ति भर्खरै कोशी प्रदेशको सन्दर्भलाई लिएर होला । एकजना मित्रले भन्नुभयो, नाम बिर्सिएँ मैले । म नाम अलिक बिर्सिन्छु । अर्को पटक ०८४ मा हामीलाई भोट हालेर जिताउनु भयो भने म यो कोशि प्रदेशको नाम नै फेरिदिन्छु भनेर उहाँले भनेको मैले कताकता पढेको जस्तो लाग्यो । झलझलि अनुहार याद छ, नामचाहीँ मैले बिर्सें । हामी त्यसरी शर्तबन्दी गर्दैनौँ । नेकपा(एमाले) शर्तबन्दी गर्दैन । यो देशका विविध जाति, भाषा, धर्म, संस्कृतिका जनताका हितमा नेकपा(एमाले) जहिलेसुकै दृढतापूर्वक उभिएको छ ।’

‘आउने दिनहरुमा पनि दृढतापूर्वक उभिन्छ । यसले आफ्नो व्यवहारबाट, काम, कारबाहीबाट यो कुरा स्थापित गरेको छ । धर्म निरपेक्षता कसको नेतृत्वमा घोषणा भयो ? आइएलओ महासन्धि कसको नेतृत्वमा नेपालले त्यसलाई अनुमोदन गर्‍यो ? आदिवासी जनजाति सम्बन्धी घोषणापत्रमा कसको भुमिका छ ? हाम्रो नेतृत्व, पहल र प्रयासमा संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समावेशितासहितको समाजवादउन्मुख संविधान जारी भयो । अब हामीले अरु धेरै भनिरहनु पर्छ र ? त्यसलाई कार्यान्वयन गर्न हामी लाग्यौँ ।’

उहाँले राज्यको तर्फबाट फूलपाति र शिवरात्री पर्व मनाएजस्तै अन्य धर्मावलम्वीहरुले मनाउने चाडपर्वहरुलाई पनि राष्ट्रिय चाडपर्वको रुपमा मनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले यसको निम्ति एमालेले पहल र नेतृत्व लिनुपर्ने बताउनु भयो ।