१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुनावमा गठबन्धन कायम राखौँ : दाहाल, गठबन्धन हुँदैन : कोईराला



अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई गठबन्धन हितकर नहुने सुझाव दिनु भएको छ । प्रचण्ड निवास खुमलटारमा पुगेर नेता कोईरालाले कम्युनिष्टले कांग्रेसलाई भोट दिने विश्वास आफूलाई नभएकोले गठबन्धन हितकर नहुने बताउनु भएको हो ।

भेटमा नेता कोइरालाले कुनै पनि चुनावमा गठबन्धन नहुने भन्दै आफ्नो दृष्टिकोण राख्नु भएको थियो । भेटमा कोईरालाले भन्नुभयो ‘स्थानीय चुनावमा त गठबन्धनको कुरै नगरौँ। केन्द्रको चुनावमा पनि कांग्रेसलाई कम्युनिष्टले भोट हाल्दैनन् । चुनावी गठबन्धन हामी कसैको हितमा हुँदैन’। 

गठबन्धनको बिपक्षमा दृढतापूर्बक उभिनु भएका नेता कोईरालालाई अध्यक्ष दाहालले भने तीनै तहको निर्वाचनमा पाँचदलीय गठबन्धनको सहकार्य हुनु उपयुक्त हुने बताउनु भएको थियो । दाहालको प्रस्तावमा कोईरालाले भन्नुभयो कांग्रेसका अधिकांश नेता कार्यकर्ता चुनावी गठबन्धनको पक्षमा छेनन् ।

उहाँहरु बीच एमसीसी लगायतका विषयमा पनि छलफल भएको थियो । केही दिनअ अघि नेता कोईरालाले एमाले अध्यक्ष केपी ओलीसँग पनि भेटवार्ता गर्नुभएको थियो ।