२४ श्रावण २०८३, आईतवार
,
Latest
सबै समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा संयोजक दाहालको जोड कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन पूर्णरूपमा सञ्चालन सरकार बाटोबाट विचलित भए रास्वपाले हस्तक्षेप गर्छ : रवि लामिछाने ‘सिठी फुकेर मात्रै ट्राफिक व्यवस्थापन सम्भव छैन, फेसलेस ट्राफिकमा जानुपर्छ’ सरकारको चार महिने कार्यसम्पादनमा स्पष्ट छनक देखिनुपर्थ्यो तर मुलुकलाई सुरक्षित गन्तव्यमा पुर्‍याउने जिम्मा हाम्रो हो-रवि… सुनको मूल्य तोलामा चार हजार आठ सयले वृद्धि सुशासन कायम गर्दै नागरिकमा राज्यप्रति विश्वास जगाउनु अहिलेको मुख्य उपलब्धि : हरि ढकाल अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य र शिक्षामा पहुँच बढाउँदै तेह्रथुम ट्राफिक प्रहरीलाई गजुरेलको निर्देशनः ‘बोलीमा शुद्धता, व्यवहारमा नम्रता र आर्थिक अनुशासन कायम गरौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाको टेक्सासको फोर्थअर्थ सिटीमा नेपाली पेरेन्स डेको आयोजना



अ+ अ-

टेक्सास । अमेरिकाको टेक्सास राज्यको फोर्थअर्थ सिटीमा नेपाली समाजसेवी दिदीबहिनीले सञ्चालन गरेको दिभास फाउण्डेशनले पेरेन्स डे को कार्यक्रम आयोजना गरेको छ।

दुई महिना अघिदेखि सञ्चालन गरेको समर कक्षामा करिब ४० नेपाली विद्यार्थीले अध्यन गरेका थिए । दुई सय हाराहारी सदस्य रहेको यस संस्थाको उद्देश्य भनेको नेपाली भाषा, नेपाली संस्कृति सिकाउनु, महिला सशक्तीकरण, सीपमूलक तालिमको व्यवस्था, रोजगारीको सिर्जना, दु:ख पाएकालाई सहयोग गर्ने, नेपालबाट अध्ययनका लागि आउने चेलीबेटीलाई सकेसम्म सहयोग गर्ने संस्थाको मुख्य कार्य रहेको संस्थाका सदस्यहरुले बताएका छन।

सो कार्यक्रमको अध्यक्षता लक्ष्मी भण्डारीको सभापतित्व गर्नुभएको थियो भने बिनिमा सुवेदीले क्रार्यक्रम सञ्चालन गर्नुभएको थियो । उपाध्यक्ष बिर्ती रिसाल, सचिव मिता कार्की र सहसचिवमा अजिता कँडेल, फाउण्डिङ मेम्बर रिमा पौडेल, भगवती चालिसे, सत्या सापकोटाले कार्यक्रमलाई सशक्त बनाउन उत्तिकै भूमिका निर्वाह गर्नुभएको थियो ।

नेपाली मन्दिरको हलमा गरिएको उक्त कार्यक्रममा समाजका विशिष्ट व्यक्तिहरुलाई निमन्त्रणा गरिएको थियो। प्रमुख अतिथि समाजसेवी एवं सफल व्यवसायी यमुना भट्टराई, युलेस काउन्सिल सदस्य टिका पौडेल, नेपाल अमेरिका पत्रकार (नेजा) का अध्यक्ष सुरज भण्डारी, मन्दिरका बोर्ड अफ ट्रस्टीका अध्यक्ष रमेश पोखरेल, क्लबका उपाध्यक्ष जनक भण्डारी, टेक्सास चेप्टरका अध्यक्ष, सफल युवा व्यवसायी ओजेस उप्रेती, रञ्जन रानालगायत पत्रकार, बुद्धिजीवीको उपस्तिथि रहेको थियो ।

संस्थाले गरेका काम र आगामी दिनमा गर्ने कामका बारेमा बिनिमा सुवेदीले जानकारी दिनुभएको थियो । कार्यक्रममा यमुना भट्टराई र टीका पौडेलले यस संस्थालाई आफूहरुले सक्दो सहयोग गर्ने वचन दिनुभएको थियो । यस्तै नेजाका अध्यक्ष सुरज भण्डारीले संस्थाले गरेका कामको प्रशंसा गर्दै नेपाली दिदिबहिनीहरुले गरेको कामप्रति आफुले भरपुर सहयोग गर्ने वचन दिनुभएको थियो ।

विभिन्न वेशभूषामा सजिएका स–साना बालबालिकाले नेपाली गीतहरुमा नाचेर दर्शकलाई भरपुर मनोरञ्जन गराउँदै र नेपालका पर्यटकीय स्थल लुम्बिनी, चितवन निकुञ्ज, बौद्ध स्तुपको वर्णन गर्दै अमेरिकाबाट नेपाल जाँदा घुम्नका लागि दर्शकहरुसँग अनुरोध गरेर मन जितेका थिए ।