५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा

ललिता निवास प्रकरण: पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईको छिट्टै बयान लिने सीआईबीको तयारी

ललिता निवास प्रकरण: पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईको छिट्टै बयान लिने सीआईबीको तयारी
अ+ अ-

काठमाडौं । ललिता निवास जग्गा घोटाला प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीद्वय बाबुराम भट्टराई र माधवकुमार नेपाललाई समेत अनुसन्धान गर्न सर्वोच्च अदालतले आदेश दिएपछि उपप्रधान तथा गृहमन्त्री, महान्यायाधिवक्ता दीनमणि पोखरेल र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरबीच मंगलवार राति गम्भीर छलफल भएको छ ।

सो छलफलमा सर्वोच्चको आदेशअनुसार ललिता निवास प्रकरण नीतिगत निर्णयकर्ताका रूपमा रहेकालाई समेत बयानमा बोलाउनेबारे कुराकानी भएको स्रोतको दाबी छ । जसअनुसार सीआईबीले ललिता निवास जग्गा प्रकरणको नीतिगत निर्णयकर्ताका रूपमा रहेका पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई छिट्टै बयानका लागि बोलाउने तयारी भएको स्रोतले जनाएको छ ।

ललिता निवास जग्गा घोटला प्रकरणको छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उक्त जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीको भूमिका प्रमुख देखिएको भन्दै थप अनुसन्धान गरिरहेको बेला उनीहरूको भेटपछि ब्युरो थप उत्साहित बनेको छ ।

गृहमन्त्री श्रेष्ठले महान्यायाधिवक्ता पोखरेल र प्रहरी महानिरीक्षक कुँवरलाई ललिता निवास प्रकरणमा प्रमाणले भेटिएका सबैमाथि बिनाडर निष्पक्ष छानबिन गर्न आफूले कुनै बाधा नपार्ने बताएको मन्त्रालय उच्च स्रोतले जानकारी दिएको छ । उनले यो प्रकरणमा आफूले राजीनामा दिन परे पनि पछि नहट्ने तर दोषीमाथि कारबाही गरेरै छाड्ने अठोट लिएकाले सीआईबीलाई पनि निष्पक्ष भएर छानबिन गर्न प्रहरी महानिरीक्षक कुँवरलाई आग्रह गरेको पनि स्रोतले जानकारी दिएको छ ।

सर्वोच्चले दुई पूर्वप्रधानमन्त्रीमाथि समेत छानबिन गर्न निर्देशनात्मक आदेश दिएकाले छानबिन प्रक्रिया अघि बढाउँदा आउने कानुनी अड्चनबारे महान्यायाधिवक्ता पोखरेलसँग राय लिएको पनि बताइएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।