५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नदीनाला अतिक्रमणमा परे, साँघुरिँदै गएपछि निकास खोज्दै सहर पसे



अ+ अ-

काठमाडौं । मंगलबार बिहानैदेखि राजधानीका नदी किनारका दर्जनौं स्थानमा बाढी पस्यो। बागमती, विष्णुमती, धोबीखोला, हनुमन्ते, मनहरालगायतका नदीमा पानीको सतहले खतराको स्तर पार गर्‍यो। करिडोरका सडक, बस्ती, सर्वसाधारणका घर डुबानमा परे।

देशकै राजधानी बर्सेनि बाढी र डुबानको समस्या बेहोर्न बाध्य छ। किन त ? विज्ञको जवाफ छ, ‘नदी, खोला अतिक्रमणमा परे। साँघुरिँदै गएपछि निकास खोज्दै सहर पसे।’

जल तथा मौसम विज्ञान विभागका अनुसार पनि पछिल्लो २४ घण्टामा राजधानीमा परेको पानी ‘धेरै’ होइन। विभागका अनुसार मंगलबार बिहान ८ बजेसम्म ६४ दशमलव ३ मिलिमिटर (मिमि) मात्रै वर्षा भएको हो। तर, बाढी तथा डुबानको पछाडि जलाधार क्षेत्र दोहन तथा अतिक्रमण नै मुख्य कारण बनेको विज्ञहरूको तर्क छ। उक्त मात्राको पानी विगतमा पनि पर्ने गरेको भए पनि यसपालि अति नै भएको हो।

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक सुरेश मरहठ्ठाका अनुसार विभागले ६४.३ मिमि भनेको भएता पनि औसतमा ८० मिमि पानी परेको छ। जसकारण प्राय: नदीमा पानीको ‘ओभरफ्लो’ भएको छ। उनले भने ‘पानी पर्ने अवधि र बाढी निकास हुने अवधिबराबर जस्तै भयो। त्यसैले गर्दा एकचोटी ठूलो बाढी देखियो।’ मंगलबारको बाढीलाई मरहठ्ठाले ‘सामान्य’ भनेका छन्।

नदीहरू अतिक्रमणमा परेका छन्। खोलाहरू साबिकको भन्दा आधामा खुम्चिएका छन्। भूउपयोग फेरिएको छ। खुला जमिन ढलान भएका छन्, पानी सोस्ने ठाउँ छैन। ढलानबाट पानी बगेरै जान्छ।

काठमाडौं उपत्यकाको हकमा बाघद्वार उद्गम बिन्दु भएको बागमतीको पानी चोभारसम्म पुग्ने अवधिलाई ‘टाइम अफ कन्सन्टे«सन’ भनिन्छ। यो अवधिभर वर्षा भएमा नदीमा पानीको मात्रा अत्यधिक हुन्छ। सबैतिरको पानी एकैपल्ट नदीमा पुग्दा जलस्तर बढ्छ। त्यस्तो अवस्थामा पानी नदीबाट ओभरफ्लो भएर बस्ती र अन्यत्र जान्छ। मंगलबार पानी पर्ने अवधि ‘टाइम अफ कन्सन्टे«सन’भन्दा लामो रहेको मरहठ्ठाको भनाइ छ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।