२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

लगातार दोस्रो हारपछि भारतले वेस्ट इन्डिजलाई ७ विकेटले हरायो



अ+ अ-

एजेन्सी । लगातार दोस्रो हारपछि भारतले तेस्रो टि२० आई खेलमा घरेलु टोली वेस्ट इन्डिजलाई पराजित छ । शीर्षक्रमका ब्याटर सूर्यकुमार यादवको सानदार ब्याटिङमा भारतले वेस्ट इन्डिजलाई ७ विकेटले हराएको हो । यससँगै पाँच खेलको सिरिजमा वेस्टइन्डिज २–१ ले अघि छ ।

जितको लागि १ सय ६० रनको लक्ष्य पछ्याएको भारतले १७.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । भारतको जितमा सूर्यकुमार यादवले ८३ रनको योगदान दिए । उनले ४४ बलमा १० चौका र ४ छक्का प्रहार गरे ।

डेब्यू खेल खेलेका ओपनर यशस्वी जैसवाल एक रनमा आउट हुँदा शुभमन गिल ६ रन बनाएर पेभिलियनमा फर्किएका थिए । यस्तै, तिलक बर्मा ३७ बलमा ४ चौका र १ छक्कासहित ४९ र हार्दिक पान्ड्या २० रनमा नटआउट रहे ।

वेस्ट इन्डिजका अल्जारी जोशेफले २ विकेट लिए भने ओबेद म्याककोयले १ विकेट लिए ।

त्यसअघि गयाना क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५९ रन बनाएको थियो ।

वेस्ट इन्डिजका कप्तान रोभम्यान पावेल १९ बलमा १ चौका र ३ छक्कासहित ४० रनमा नटआउट रहेका थिए । ओपनर ब्रेन्डन किंगले ४२ रन बनाउँदा कायल मेयर्स २५ रनमा क्याच आउट भए । जोनसन चाल्र्स १२ रनमा एलबीडब्लू आउट हुँदा निकोलस पुरन २० र शिम्रन हेटमायर ९ रनमा आउट भए ।

भारतको जितमा स्पिनर कुलदीप यादवले सर्वाधिक ३ विकेट लिँदा अक्षर पटेल र मुकेश कुमारले समान एक विकेट लिए ।

यस सिरीजको पहिलो खेलमा वेस्ट इन्डिज ४ रन र दोस्रो खेलमा दुई विकेटले विजयी भएको थियो । चौथो खेल शनिबार र पाँचौं खेल आइतबार हुनेछ ।