१ पुष २०८२, मंगलवार
,
Latest
एमालेको ११ औं राष्ट्रिय महाधिवेशनः चौथो दिन कार्यकर्ताको उत्साहपूर्ण चहलपहल राजश्वले कुनै लक्ष्य भेटेन इन्टरनेटको प्रयोग बिना मानिसहरु बाँच्नै नसक्ने भएः प्रदीप पौडेल ‘नेपाल–कोरिया ऊर्जा सहकार्य सेमिनार–२०२५’ सम्पन्न, कोरीयाली लगानी र प्रविधिबारे चासो डिजिटल युगमा प्रविधिले न्यायलाई सहयोग गर्नुपर्छ, प्रतिस्थापन होइनः न्यायाधीश सुवेदी राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापाले दिए राजीनामा, राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बन्ने नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षकमा हर्षल पाठक नियुक्त पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन नेतृत्वले सन्तुलित भूमिका निर्वाह गर्नुपर्छ : विष्णु पौडेल एमालेको खुल्ला केन्द्रीय सदस्यमा बर्तौलाको उम्मेदवारी काव्य साँझः ‘कल्प’मा बाँसुरीको धुनसँगै गुन्जिए डा लम्साल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरस्वती नेपालीलाई जातीय विभेद विरोधी अवार्ड प्रदान गर्ने अमेरिकी घोषणा



अ+ अ-

काठमाडौं: अमेरिकी विदेश मन्त्रालयले यस वर्षको “ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स अवार्ड” नेपालकी सरस्वती नेपाली समेत विश्वका छ जनालाई प्रदान गर्ने घोषणा गरेको छ ।

उक्त अवार्ड वासिङटन डिसीमा अगष्ट ९ मा अमेरिकी विदेश मन्त्री एन्थोनी ब्लिन्केनले प्रदान गर्नु हुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

सीमान्तकृत समुदायको मानव अधिकारका क्षेत्रमा नागरिक समाजका तर्फबाट विशिष्ट योगदान गरेको मन्त्रालयको भनाई छ ।

नेपालबाट पुरस्कृत हुने सरस्वती नेपाली दलित समाज विकास मंचकी अध्यक्ष हुनुहुन्छ । उहाँ दलित समेतका सीमान्तकृत समुदाय, अशक्त तथा गरिबीको चपेटामा रहेका व्यक्ति र समुदायको मानव अधिकारका लागि निरन्तर संघर्षशील रहनु भएको छ ।

सुदूरपश्चिममा जन्मनु भएकी सरस्वती नेपालीले दलित समुदायको सामाजिक न्यायको आन्दोलनमा सक्रियतापूर्वक नेतृत्व र सहभागिता जनाउनुका साथै उनीहरुका लागि जमिनको अधिकार दिलाउन, शिक्षामा पहुँच तुल्याउने तथा अदालतबाट न्यायमा समान हासिल गराउन महत्वपूर्ण योगदान गर्नु भएको छ ।

यो पुरस्कारबाट कारी कुजाजारा (ब्राजिल), ओस्वाल्डो बिल्बाओ लोबाटोन (पेरू), रानी यान यान (बंगलादेश), साडिया मोस्बाह (ट्युनिसिया) र भिक्टोरिया लुका (मोल्दोभा) पनि पुरस्कृत भएका छन् ।