२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले खोलेको सबै फाइलको अनुसन्धान किन अपूरो?– राजेन्द्र लिङदेन



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले अहिलेको सरकारले खोलेको फाइलहरुमा पूर्ण अनुसन्धान नभएको टिप्पणी गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

अध्यक्ष लिङदेनले सरकारले नै सदन खोल्न नचाहेको आरोप लगाउदै भने, ‘अहिले फाइल खोलिएकोहरूमा अनुसन्धान भएका सबै विषयमा छानबिन भएका छन् ? के नक्कली भुटानी शरणार्थी प्रकरणमा तपाईँहरूले गर्नुभएको अनुसन्धान पूर्ण छ ? ललिता निवास जग्गा प्रकरणमा तपाईँको अनुसन्धान अपूर्ण छ, भन्ने अदालतले भन्दियो त – तपाईँहरूले को मान्छे जोगाउनुभएको छ भन्ने कुरा ।’

समिति बन्दैमा सरकार ढल्ने, सबै मन्त्री परिहाल्ने भन्ने नभएको बताउदै उनले सुन प्रकरणमा निष्पक्ष छानबिनको लागि उच्चस्तरीय छानबिन समिति बनाउन आग्रह गरे ।