५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा

संघियता बारे नकारात्मक टिप्पणी नगरौं: मन्त्री मोदी

संघियता बारे नकारात्मक टिप्पणी नगरौं: मन्त्री मोदी
फाईल फोटो
अ+ अ-

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रि अमनलाल मोदीले स्थानीय सरकरले गरेका केहि कमीकमजोरीलाई लिएर संघियता बारे नकारात्मक टिप्पणी नगर्न आग्रह गर्नु भएको छ ।

मंगलबार काठमाडौँमा आयोजित अन्तरक्रियामा बोल्दै सङ्घीय मामिला मन्त्रि मोदीले प्रदेश सरकार वा स्थानीय सरकारले काम गर्ने शिलशिलामा भएका कमजोरीले संघियता कमजोर नहुने बताउनु भयो । व्यवस्था र परिस्थिति सबै नयाँ भएको र अनुभव पनि नभएको अवस्थामा कमजोरी हुनु स्वभाविक रहेको मन्त्रि मोदीले बताउनु भयो ।

केहि व्यक्ति र समूह संगठित रुपमा साना साना कमजोरीलाई देखाएर व्यवस्था कमजोर बनाउन लागि परेको पनि बताउनु भयो । पछिल्लो समयमा केहि राजनैतिक पूर्वाग्रह राख्ने व्यक्तिहरुले प्रधानमन्त्रीलाई पनि मुछ्ने प्रयास गरेको बताउनु भयो । स्थानीय तह, प्रदेश र संघको पहिलो कार्यकाल सकिएर दोस्रो कार्यकाल सुरु भैसकेकोले विगतको अनुभव र कमजोरीहरु अहिलेको लागि मार्गदर्शक हुनेहँुदा नकारात्मक टिप्पणी नगर्न आग्रह गर्नु भयो ।

यस्तै कार्यक्रममा संघिय मामिला मन्त्रि मोदीले धेरै ठुलो दबाबको सामना गरेर काम गर्नु परेको बताउनु भयो । काठमाडौँ उपत्यका भित्र वर्षौं देखि बसिरहेका (मन्त्रीको भाषामा अखडा जमाएर बसेका) कर्मचारीहरुलाई उपत्यका बाहिर पठाएको जिकिर गर्नु भयो । काठमाडौँ उपत्यका बाहिर कहिल्यै नगएकाहरु अहिले बाहिर जानु परेपछि फर्किन निरन्तर दबाब दिइरहेको बताउनु भयो । बाहिर गएका कर्मचारीले मन्त्रिलाई दबाब दिन नकारात्मक समाचार पनि लेखाएको बताउनु भयो । मन्त्री मोदीले इतिहासमा कसैले नगरेको काम आफुले गरेको ठोकुवा गर्नु भयो ।

नेपालमा कार्यान्वयनको चरणमा रहेको संघिय शासन व्यवस्था बिस्तारै स्थीर र स्थायित्व हुदैँ बताउनु भयो । यसलाई सबैले मिलेर सहयोग गर्न आग्रह गर्नुभयो। संघीयता कार्यान्वयन र अभ्यासको पहिलो पाँच वर्ष संक्रमणकाल जस्तै भएकोले उल्लेख्य केहि ‘नदेखिएको भए पनि केहि नै नभएको भन्न नहुने मन्त्रि मोदीले बताउनु भयो। अहिले धेरै क्षेत्रमा नवीन र उदाहरणीय काम सुरु भएको र संघीयता कार्यान्वयनको अबको दोस्रो चरण पहिलोभन्दा परिवर्तनकारी, अर्थपूर्ण रहने बताउनु भयो । आगामी दिनमा जनमानसमा रहेको संघीयताप्रतिको संशय पनि हट्ने विश्वाश गर्नु भयो ।