२० श्रावण २०८३, बुधबार
,
Latest
न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षतामा सम्झौता हुँदैनः मुख्य रजिस्ट्रार पौडेल एलपीजी ग्यास आपूर्ति सहज बनाउन क्विक रेस्पोन्स टिम गठन अघि बढ्यो इन्टरनेट सेवा प्रदायक कम्पनीको बक्यौता विवाद टुंग्याउने प्रक्रिया, जायज माग मात्रै सम्बोधन गर्न… अनि हुन्छ… जमल जलमग्न धनुषामा सम्बन्धविच्छेदका घटना बढे कोरियाली राजदूतद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ न्यायपालिकाको गरिमा र कार्यशैलीमाथि प्रश्न उठ्नु चिन्ताको विषयः सांसद विश्वकर्मा न्यायपालिकालाई कार्यपालिकाको बन्दी बनाउन खोजियोः सांसद साजिदा खातुन सिद्धिकी समितिको कार्यशैलीप्रति आपत्ति जनाउँदै काँग्रेस सांसद गुरुङले भनिन्ः समिति सभापतिको भुमिका सरकारको प्रवक्ता जस्तो भयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी संसदीय दल बैठक: संसदको अवरोध हटाउन दलहरूसँग छलफल गर्ने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीका सांसदहरुलाई संसदमा प्रभावकारी भूमिका निभाउन निर्देशन दिएका छन् ।

सोमबार बसेको माओवादी संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले अध्यक्ष प्रचण्डले यस्तो निर्देशन दिएको जानकारी गराएका हुन् ।

प्रचण्डको भनाइ उदृत गर्दै पाण्डेले भने, ‘दलका नेता समेत रहनुभएका प्रधानमन्त्रीले संघीय संसदमा सांसदहरुको भूमिका थप प्रभावकारी बनाउन निर्देशन दिनुभयो । साथै संसदीय समितिका सभापति चयनका बारेमा समेत बिफिङ गर्नुभयो ।’

बैठकमा सत्ता र प्रतिपक्षी सबै दलहरूसँग संसदको अवरोध हटाउन छलफल गर्ने निर्णय गरेको पाण्डेले बताए । उनले भने,’संसद खुलाउन प्रमुख प्रतिपक्ष दलका नेतासहित अन्य दलका नेतासँग छलफल गरेर ठोस निष्कर्ष निकालिन्छ र संसद अवरोध हट्छ भन्ने हामीलाई विश्वास छ । ’

बैठकमा उपाध्यक्ष समेत रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले तीनवटा विधेयक (संघीय शिक्षा ऐन, निजामति कर्मचारी र प्रहरी सम्बन्धि विधेयक) दर्ता गर्ने तयारीमा रहेको जानकारी गराएका छन् ।