१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुपाल्चोकमा एसलाई संकट: कर्माचार्य कार्यकर्ता सहित एमालेमा फर्किए



अ+ अ-

सिन्धुपाल्चोक । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक जिल्ला इन्चार्ज सुवास कर्माचार्य एक सयभन्दा जिल्ला तथा पालिकास्तरीय नेता कार्यकर्तासहित एमालेमा फर्किएका छन् ।

कर्माचार्यलाई हिजोमात्रै नेकपा एसले पार्टीबाट कारबाही गरेको थियो । एमाले फर्किएका नेता तथा कार्यकर्तालाई महासचिव शंकर पोखरेल,बागमती प्रदेशका इन्चार्ज गुरु बराल,स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ र जिल्ला इन्चार्ज गोकुल बाँस्कोटाले एमालेमा स्वागत गर्नुभएको छ ।

कार्यक्रममा नेकपा एसका केन्द्रीय परिषद् सदस्य उपेन्द्र तामाङ, प्रदेश कमिटी सदस्यहरू शिवराम भट्टराई, ईश्वरी श्रेष्ठ, धननाथ पराजुली, जिल्ला उपाध्यक्ष छिरिङ ग्याल्वो लामा, सचिव दीपक नेपाल, उपसचिव रविकुमार भण्डारीसहित एमालेमा प्रवेश गरेका छन् ।