२० मंसिर २०८२, शनिबार
,
Latest
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

शाक्यसंग सम्वाद: ​​​​​​​यस्तो रह्यो मदन भण्डारीसँगको अनूभव र अनुभूति



अ+ अ-

काठमाडौँ । तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानका अध्यक्ष तथा पूर्व मन्त्री गोपाल शाक्यले मदन भण्डारीसँग भएको पहिलो भेटदेखि उहाँसँग सहकार्यको दशकौँ लामो अनुभव र अनुभूति सुनाउनु भएको छ ।

मदन भण्डारी फाउण्डेशनद्वारा काठमाडौँमा आयोजना गरेको ‘मदन भण्डारी छलफल कार्यक्रम’को आठौँ शृङ्खलाका प्रमुख वक्ता पूर्व मन्त्री शाक्यले मदन भण्डारीसँग भएको पहिलो भेटदेखि उहाँसँग सहकार्यको दशकौँ लामो अनुभव र अनुभूति कार्यक्रमका सहभागीहरू लाई सुनाउनु भएको हो ।

मदन भण्डारीसँग तत्कालीन नेकपा ९माले० गठनताकादेखि नै लामो समय सहकार्य गर्नुभएका अध्यक्ष शाक्यले मदन भण्डारी आफ्नो अध्ययनशीलता, सङ्गठन कुशलता, अद्‍भूत तार्किक क्षमताका साथै अद्वितीय वक्तृत्व कलाका कारण उहाँ सबैको मन जितेरै नेकपा ९माले० र नेकपा ९एमाले०को महासचिवको रूपमा हामी सबैको नेता बन्न सक्नुभएको बताउनुभयो।

आफूभन्दा वरिष्ठ नेताहरूप्रतिको सम्मान, सादा जीवन र उच्च विचार, श्रमजीवी वर्गप्रतिको अटुट पक्षधरता र राष्ट्रियताप्रतिको दृढ अडान जस्ता मदन भण्डारीमा अन्तरनिहित विशिष्ट गुणहरूका कारण उहाँ राष्ट्रिय राजनीतिकै सर्वाधिक प्रभावशाली नेताको रूपमा स्थापित हुनुभएको कुरा समेत उहाँले उल्लेख गर्नुभयो ।

उहाँले अगाडि भन्नुभयो, “मदन भण्डारी मानिसको भिडलाई एकसाथ आफ्नो विचारमा सहमत बनाउने क्षमता राख्नुहुन्थ्यो । उहाँ कुनै गुटबन्दी गरेर नेतृत्वमा पुग्नुभएको हैन, बरु सबैको मन जितेर, क्षमता देखाएर र श्रेष्ठता साबित गरेर नेतृत्वमा पुग्नुभएको हो । उहाँले जनताको बिचमा पनि आफ्नो श्रेष्ठता साबित गरेरै ‘जननेता’को रूपमा स्थापित हुनुभयो ।”

प्रमुख वक्ता शाक्यले भन्नुभयो, “हामीलाई मदन भण्डारीले जनताको बहुदलीय जनवादको जुन विचार दिनुभएको छ, त्यो उहाँ एक्लैको विचार होइन, बरु यो मुक्ति मोर्चा, कोअर्डिनेशन केन्द्र, नेकपा९माले०कालदेखि नेकपा ९एमाले० कालसम्मको सामूहिक विचारहरूको संस्लेषित रूप हो ।”

​​​​​​​“जनताको बहुदलीय जनवाद पुष्पलालको नयाँ जनवाद, तुल्सी लालको राष्ट्रिय प्रजातन्त्र र मनमोहनको जनवादी कार्यक्रम सबैलाई जोडेर विकसित भएको कार्यक्रम हो । यसका पछाडि नेपाल कम्युनिष्ट पार्टीको इतिहास र एउटा लामो विचार शृङ्खला जोडिएको छ । यसलाई केपी ओलीले थप विकसित गर्नुभएको छ । त्यस कारण हामीले मदन भण्डारीका योगदानलाई यथार्थ सत्यको आधारमा ग्रहण गर्नु पर्दछ । बढाइचढाइ गर्नु पनि हुँदैन, घटाउनु पनि हुँदैन ।”, उहाँले भन्नुभयो भन्नुभयो ।

अध्यक्ष शाक्यले जनताको बहुदलीय जनवादको कार्यान्वयनमा हालसम्म हासिल गरिएका उपलब्धि र कमीकमजोरीहरूको सिंहालोकन गर्दै यसलाई समाजवादी क्रान्तिको लागि मार्गदर्शक सिद्धान्तको रूपमा थप विकास गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

मदन भण्डारी फाउण्डेशनले जननेता मदन भण्डारीको व्यक्तित्व तथा उहाँद्वारा प्रतिपादित नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादको प्रवर्द्धन, विकास तथा कार्यान्वयनका विषयमा उहाँसँग निकटमा रही सहकार्य गर्नुभएका विभिन्न व्यक्तित्वहरूसँग छलफल कार्यक्रमको आयोजना गर्दै आएको छ ।