१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेरि हलमा लाग्दै ‘चपली हाइट ३’



अ+ अ-

काठमाडौं । अर्जुन कुमारको निर्माणमा बनेको फिल्म ‘चपली हाइट ३’ फेरि पर्दामा आउने भएको छ ।

पुस २७ गते प्रदर्शनमा आएको यो फिल्म कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ र बढ्दो संक्रमणका कारण देखाउँदै सरकारले सिनेमा हल बन्द गर्ने निर्णय भएपछि रोकिएको थियो । 

‘चपली हाइट ३’ अब फेरि एकपटक फागुन १ गतेबाट पर्दामा रिलिज हुन लागेको हो । 

यस फिल्मले फेरि एकपटक मौका पाएको छ । सरकारले सिनेमा हलहरुमा लगाएको प्रतिबन्ध हटेकाले फिल्म फेरि प्रदर्शन हुने घोषणा भएको छ ।

निकेश खड्काको निर्देशनमा बनेको फिल्ममा आकाश बरालको लेखन तथा संवाद रहेको छ । सुवास भुसाल र अर्जनु कुमारको संगीत रहेको फिल्मको गीतमा डीपी खनालको शब्द रहेको छ।

फिल्ममा आमिर गौतम, स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठी, प्रतीकमान श्रेष्ठ, अर्पण थापा, दीपाश्री निरौला, लक्ष्मी बर्देवा लगायतकाको अभिनय रहेको छ ।