२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति भण्डारीले प्रयोगमा ल्याउनु भयो आफ्नै आधिकारिक ट्विटर अकाउन्ट



अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो आधिकारिक ट्विटर ह्यान्डल @BidyaDevi2018 प्रयोग गर्न सुरु गर्नुभएको छ ।

यसअघि उहाँले राष्ट्रपतिको कार्यकालमा सम्बन्धित सूचनाहरू प्रवाह गर्न शीतल निवास @SHITALNIWAS नामबाट ट्विटर अकाउन्ट सञ्चालनमा ल्याउनुभएको थियो। भेरिफाइड भइसकेको उक्त अकाउन्ट डिएक्टिभेट भएपछि उहाँले केही महिनायता ट्विटर प्रयोग गर्नुभएको थिएन ।

भण्डारीले केही दिन अघिदेखि आफ्नो नयाँ ट्विटर अकाउन्ट @BidyaDevi2018 बाट सूचना दिनुभए पनि उक्त अकाउन्ट भेरिफाइड नभएकाले कस्को भन्ने दुविधा बाँकी नै थियो ।

नयाँ सञ्चालनमा आएको ट्विटर अकाउन्ट पूर्वराष्ट्रपति भण्डारीकै भएको र उक्त अकाउन्ट भर्खरै भेरिफाइड भएर नीलो रङ प्राप्त भएको पूर्वराष्ट्रपतिको सचिवालयले बताएको छ । सचिवालयले पूर्वराष्ट्रपति सम्बन्धी सूचना, जानकारी वा उहाँका धारणा बुझ्न अहिले सञ्चालनमा आएको अकाउन्ट फलो गर्न अनुरोध गरेको छ