काठमाडौ । नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्रीले संविधानको मर्म र भावनालाई कुल्चएको ठहर गर्दे संविधान र लोकतन्त्र रक्षाका लागि अरू दलहरूसँग छलफल गर्ने निर्णय गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न सबैदलहरु संग छलफल गर्ने निर्णय गरेको छ। काग्रेसले बहालवाला प्रधानमन्त्रीले राजीनामा नगरी नयाँ सरकार गठनका लागि आब्हान गर्नु र नयाँ सरकार गठन गर्न समय कम दिएकोमा पनि आपत्ति जनाएको छ ।
बैठक पछि सहमहामन्त्री डा . प्रकाशशशरण महतले भन्नुभयो "संविधानको धारा ७६ (३) अनुसार नियुक्त प्रधानमन्त्री ओलीले विश्वासको मत नलिई र राजीनामा नदिई नयाँ सरकार गठन गर्न राष्ट्रपतिले आह्वान गर्नुलाई संविधानको मर्म र भावनाविपरीत छ । "








